तामाङ विद्यार्थी पुरस्कृत

0
435

 

भद्रपुर, असोज १७ । नेपाल तामाङ विद्यार्थी घेदुङ जिल्ला कार्य समिति झापाले प्रवेशिका परीक्षा २०७२ मा उत्कृष्ट तामाङ समुदायका चार जना विद्यार्थीलाई आज एक कार्यक्रमका बिच पुरस्कृत तथा सम्मान गरेका छन् ।

झापाको विर्तामोड स्थित सेन्टर पोइन्ट पार्टी प्यालेसमा आयोजित कार्यक्रममा घेदुङले सामुदायिक तर्फ फुर्वा योञ्जन, चन्द्रा तामाङ र संस्थागततर्फ अजय तामाङ, आक्क्ष्या तामाङलाई पुरस्कृत तथा सम्मान गरेका हुन् ।

झापा जिल्लाबाट उत्कृष्ट तामाङ विद्यार्थी सम्मान गरिँदै लगिने उद्धेश्यले विद्यार्थी घेदुङ झापाको छुट्टै अक्षय कोष स्थापना गरी यसैबर्ष देखि प्रोत्साहनको स्वरुप विद्यार्थीहरुलाई पुरस्कृत गरिएको समितिका उपाध्यक्ष निमा गोलेले बताए ।

विद्यार्थी घेदुङ झापाको अक्षयकोषमा अखिल क्रान्तिकारी झापाले १० हजार र अनेरास्ववियु झापाले ११ हजार १ सय ११ रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाएका छन भन १ महिना भित्र जिल्ला तथा नगर घेदुङ लगायत अन्य समाजसेवीको सहयोगमा १ लाख रुपैंयाको अक्षयकोष खडा गर्ने विद्यार्थी घेदुङ झापा अध्यक्ष हैकम घिसिले बताए ।

नेपाल तामाङ विद्यार्थी घेदुङ केन्द्रिय सदस्य तथा मेची इन्चार्ज ईश्वरी थिङ तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल तामाङ घेदुङ प्रदेश नंं. १ का सह–सचिव विपिन स्याङ्बो तामाङ, प्रदेश नंं. १ सल्लाहकार प्रेम घिसिङ, नेपाल तामाङ घेदुङ प्रादेशिक समिति सचिवालय सदस्य रेखबहादुर घिसिङ तामाङ, प्रादेशिक सदस्य हरि लामा तामाङ, घेदुङ जिल्ला अध्यक्ष काजिमान घिसिङ तामाङ, नेपाल आदिवासी जनजाति महासंघ झापाका सह–सचिव विरेन मेचे, युुवा संघ केन्द्रिय कमिटि आर्थिक समिति सदस्य बलदेव गोम्देन, नेपाल तामाङ घेदुङ प्रादेशिक सदस्य तथा नगर महासंघ अध्यक्ष पदम बहादुर तामाङ (देवराज), नेपाल तामाङ विद्यार्थी घेदुङ इलाम जिल्ला अध्यक्ष महेन्द्र स्याङ्बो तामाङ, आदिवासी जनजाति विद्यार्थी महासंघ झापाका सचिव सागर योङहाङ लिम्बु, अखिल क्रान्तिकारी झापा इन्चार्ज खगेन्द्र सुवेदी, अनेरास्ववियु जिल्ला सह–सचिव मनोज ताम्ली, नगर घेदुङ विर्तामोड उपाध्यक्ष मायाबल तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । नेपाल तामाङ विद्यार्थी घेदुङ झापाका अध्यक्ष हैकम घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्लाका विभिन्न क्याम्पस इकाइबाट १ सय २० भन्दा बढी तामाङ विद्यार्थीलाई प्रशिक्षण समेत दिएका थिए । घेदुङका केन्द्रिय सदस्य इश्वरीले जातिको भाषा, धर्म, संस्कार सम्बन्धी प्रशिक्षणात्क मन्तव्य राख्दै अब तामाङले आफ्नो हक अधिकार सुनिश्चित गर्न राजनीतिक गर्नुपर्नेमा जोड दिएका थिए । स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष उषा पाख्रिनले राखेको कार्यक्रमको औचित्यमाथि प्रकाश उपाध्यक्ष निमा गोलेले पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here