१६ जना जेष्ठ नागरिकलाई सम्मान

0
711

बिर्तामोड, असोज १७ । काश्यव गोत्रीय अधिकारी वंश प्रतिष्ठान राजगढ र घेरावारीले ८४ वर्षसम्मका १६ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । राजगढमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरिएको हो । वन्धुत्वको भावना जागृत गराई नयाँ पुस्तालाई पनि कास्यव गोत्रीय अधिकारी वंश प्रतिष्ठानका विषयमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
प्रतिष्ठानका पूर्वाञ्चल उपाध्यक्ष भीम अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय सदस्य रघु अधिकारी, जिल्ला सदस्य रमेश अकिारी , नरेन्द्र अधिकारी, प्रशान्त अधिकारी जीवन अधिकारी लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here