सुरुङ्गा(झापा) १७ असोज । पूर्व कानुन मन्त्री अग्नि खरेलले आगामी चैत भित्र कुनैपनि हालतमा स्थानीय निकायको निर्वाचन गर्न नसकिने बताउनुभएको छ ।
आज झापाको दमकमा नेकपा एमाले दमक नगरकमिटीले आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएके हो ।
सरकारले आउदो चैत महिनासम्ममा स्थानीय तहको निर्वाचन गर्ने भने पनि आवश्यक विधेयक संसदमा पेश नभएका कारण चुनाव सम्भव छैन ,उहाँले भन्नुभयो ।
संविधान कार्यान्वयन गर्ने विषय अहिलेको मुख्य चुनौति भएको बताउदै उहाँले संविधान अनुसार स्थानीय तहको पूर्नसंरचना गर्नु पर्ने धारणा राख्नुभयो ।
संविधानले स्थानीय तहलाई पूर्ण रुपमा अधिकार प्रदान गरेको बताउदै उहाँले अगाडि भन्नुभयो–‘स्थानीय पूर्नसंरचना निर्धारण आयोगको प्रतिवेदन अनुसार नै स्थानीय तहको पूर्नसंरचनालाई अघि बढाउनु पर्ने हुन्छ ।’