धुलावारीमा जेसीजको क्षेत्र ‘क’ सम्मेलन शुरु

0
870

बिर्तामोड, असोज १५ । झापाको धुलावारीमा आजबाट नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन शुरु भएको छ ।
सम्मेलनको उद्घाटन पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले गरेका छन् । सम्मेलनको उद्घाटन गर्दै नेता नेम्वाङले गत साल असोज ३ गते संविधान जारी नगरिएको भए अहिलेसम्म पनि नेपाली जनताले नयाँ संविधान नपाउने बताए । संविधानकै विषयमा अहिले पनि असन्तुष्ट पक्षसंग कुरा चलिरहेको भए पनि मिल्न नसकेकाले गत साल जारी नगरेको भए अहिले पनि नेपालले संविधान नपाउने अवस्था हुन्थ्यो उनले भने । उनले अगाडि भने ‘म लेखेर दिन्छु आजका मितिसम्म पनि संविधान जारी हुने थिएन । हामीले देखिरहेकै छौं अहिले पनि कुरा मिलिरहेको छैन ।’
नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनका विशेष अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले संविधानको पुस्तक घुमाएर मात्र देशमा विकास नहुने बताए । उनले भने, ‘संविधानको पुस्तक घुमाएर बिग्रेको बाटो बन्दैन । सिटामोल नपाएर विरामी मरिरहेका ठाउँमा औषधि पुग्दैन र बेरोजगार युवालाई रोजगार दिँदैन । त्यस्का लागि आधार तयार गर्नुपर्ने बेला आएको छ ।’ उनले एकजना महिला प्रधानन्यायधीश भइरहेको बेला अर्की महिला मुम्बईको कोठीमा रहने अवस्थाको अन्त्य हुनुपर्ने बताए । सिंहदरवारबाट दिल्ली मानसिक्तालाई जरैबाट उखेल्न जरुरी रहेको उनको भनाइ थियो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा नोपल जेसीजका राष्ट्रिय अध्यक्ष रविन्द्र गुरुङ, मेची नगरनागरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा, सम्मेलन सभापति अरुणेश्वर खनाल लगायतले बोलेका थिए ।
हिमाल पहाड तराईको साधा ध्यान , संविधान कार्यान्वयनमा जेसीज अभियान भन्ने मूल नारा सहित आयोजित सम्मेलनमा स्वागत धुलावारी जेसीज अध्यक्ष लीलाप्रसाद भण्डारीले गरेका थिए ।
कार्यक्रमको वारेमा प्रकाश सम्मेलन निर्देशक अनन्तप्रकास वस्तीले पारेका थिए भने धन्यवाद ज्ञापन जेसीजका उपाध्यक्ष डिल्लीप्रसाद ढकालले गरेका थिए । त्यस्तै आस्था वाचन आश्मा चापागाईले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन ज्ञानेन्द्र निरौला र केशव पोखरेलले सम्युक्त रुपमा गरेका थिए ।
कार्यक्रममा सर्लाहीदेखि झापा सम्मका चारसय जेसीज पदाधिकारी सहित छ सयको उपस्थिति रहेको छ ।
हिमाल पहाड तराईको साधा ध्यान , संविधान कार्यान्वयनमा जेसीज अभियान भन्ने कार्यपत्र अधिवत्ता प्रविण सुवेदीले प्रस्ीतुत गरेका थिए भने टिप्पणी नोपल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा र संवैधानिक कानूनका ज्ञाता डा चन्द्रकान्त ज्ञावालीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here