उपभोक्ता ठग्ने व्यवसायलाई तत्काल कारवाही हुने

0
508

बिर्तामोड ,असोज १२ । जिल्ला बजार अनुगमन समिति झापाले नजिकिदै आएको दशै, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै बजार व्यवस्थापन तथा अनुगमनलाई तिव्रता दिने भएको छ ।
चाडपर्वमा उपभोक्ता ठग्ने व्यवसायलाई तत्काल पक्राउ गरी कार्वाही गरिने छ । जिल्ला प्रशासन कार्यालय झापामा सोमबार प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बसेको बजार व्यवस्थापन, अनुगमन एवम मुल्याकन समितिको बैठकले बजारमा हुने सक्ने अभावलाई सहज तथा सरल बनाउन उदेश्यले सरोकारवालासँग गरिएको छलफलमा झापाका बजार अनुगमनलाई तिव्रता दिने भन्दै विभिन्न बुदामा निर्णय गरेको हो । बैठकले नेपाल साल टेडिङ्ग कर्पोरेशनले उपभोक्तालाई मध्यनजर गरी सहुल्यत दरमा बिक्री गर्ने चिनी तथा नुनको प्रचारप्रसार तिव्र बनाउने, माछामासु जन्य वस्तु साविकको मूल्य कायम राखि स्वच्छ मासु बच्न व्यवसायीलाई निर्देशन दिने, झापाभरीका नगरपालिकाका कार्यकारी अधिकृतको संयोजकत्वमा नगर क्षेत्र भित्रका बजार अनुगमन तिव्र बनाउने सम्बन्धी निकायलाई लिखित पत्रचार गर्ने, सरल र सुलभ रुपमा सामाग्री उपल्बध गराई कानुनले निषेध गरेका निषेधीत वस्तु बिक्री वितरण रोक लगाउने, सढेगलेका मासु तथा खाद्यन्न सामाग्री गर्ने व्यापारीलाई तत्काल कानुन बमोजिम कार्यवाही गर्ने निर्णय गरेको छ ।
त्यस्तै चाडपर्वमा यातायात सवारीसाधनमा यात्रुको बढी चाप हुने भएकोले यातायात व्यवस्था कार्यालय मेची, जिल्ला ट्राफिक प्रहरी कार्यालय र झापाका यातायात व्यवसायीको संयुक्त छलफलले झापाका यात्रुका समस्या सामाधान गर्ने लगायतको बिषयमा निर्णय गरिएको झापा जिल्ला बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी डमरु निरौलाले बताए ।
बजार व्यवस्थापन तथा अनुगमनलाई निरन्तरता दिएपनि स्रोतसाधनको अभावले यसलाई तिव्रता दिन नसकिएकोले सरोकारबाला निकायसग छलफल गरिएको सहायक प्रजिअ निरौलाले बताए ।
बजार अनुगमनलाई स्थानीय नगरपालिकाले सहकार्य गर्ने र अनुगमनका क्रममा व्यापारीले नगरपालिकाको निर्देशन नमाने प्रशासन कार्यालय झापाले त्यस्तो व्यापारीलाई कानुन बमोजिम कार्वाही गर्ने निरौलाले बताए । सिमा क्षेत्रबाट आउने प्रतिबन्धित खाद्य सामाग्रीलाई सिमानामै रोक लगाउन सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पत्रचार समेत गरिने उनले बताए ।
यातायात व्यवसायीहरुले सुगम क्षेत्रमा मात्र यातायात थप्ने गरेकाले ग्रामीण क्षेत्रका यात्रुका चापलाई वास्ता नगरेकोले यसतर्फ व्यवसायीहरुलाई ध्यान दिन ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीले आग्रह गरेका छन् । लामो तथा छोटो दुरीका यातायातलाई कसरी सहज बनाउने भन्ने बिषयमा ट्राफिक प्रहरीले सहयोगिको भुमिका निर्वाह गर्न गिरीले बताए ।
झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालले झापाका बजार अनुगमनलाई व्यापारी तथा उद्योगीले सबै क्षेत्रबाट सहयोग गर्न पं्रतिवद्धता जाहेर गरे । उनले झापा दक्षिणी भेगमा चाडपर्वका बेला यातायातका सवारीसाधन नथपिए यात्रु मारमा पर्नुका साथै भत्किएको सडकमा क्षमता भन्दा बढी यात्रु बोकेमा दुघर्टना हुन सक्ने बताए । कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, उद्योगी, व्यापारी, पत्रकार, लगायतले समेत बजार व्यवस्थापन तथा अनुगमनका लागि सुझाव दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here