सहकारी नीति संसोधन आवश्यक – पोखरेल

0
551

बिर्तामोड, असोज १२ । राष्ट्रिय सहकारी बैंकका केन्द्रिय अध्यक्ष रमेश पोख्रेलले सरकारले ल्याउन लागेको राष्ट्रिय सहकारी नीति संसोधन आवश्यक रहेको बताउनुभएको छ ।
बिराट बहुद्धेश्यीय सहकारी संस्था बिर्तामोड ९ सैनिकमोडको ११ औ वार्षिक साधारणसभालाई आज उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले राष्ट्रिय सहकारी नितीमा ६३ वटा संसोधन आवस्यक रहेको बताउनुभयो ।
उहाले राष्ट्रिय सहकारी बैंकमा अहिले १४ सय करोड निक्षेप संकलन भएको जानकारी दिनुभयो । संस्थाका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला सहकारी संघ झापाका सहसचिव भवानी दंगाल, जिल्ला बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष घनश्याम अधिकारी, बिर्तामोड नगरपालीकाका कार्यकारी अधिकृत रबिन्द्र प्रसाद वस्ती, संस्थाका प्रमुख सल्लाहकार उमानाथ ओली, बिराट कामधेनु महिला कृषि सहकारी संस्थाकी पुर्व अध्यक्ष कन्चना सिटौला लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा शिवाकोटीले अध्यक्षको प्रतिबेदन तथा लेखा समिति संयोजक गणेश ओलीले लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । त्यस अवसरमा ७० वर्ष भन्दा माथीका ४१ जना जेष्ठ नागरिक सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट बचतकर्ताको रुपमा कृष्ण बहादुर दाहाल र उत्कृष्ट ऋणी शिवकुमार संग्रौलालाई सम्मान गरिएको थियो । शेयर सदस्यका छोरा छोरी मध्ये एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याउने अनुपम शिवाकोटी र आयुष्मा भट्टराईलाई पुरस्कृत गरिएको कार्यक्रममा कञ्चनजंघा एफएमका कार्यक्रम प्रस्तोता पिनाकी कोईरालालाई समेत नगद सहित सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष केशव पाठकले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव रुद्र सिटौलाले गर्नुभएको थियो । साधारणसभाको अवसरमा आजै आयोजित रक्तदान कार्यक्रममा २३ जनाले रगत दान गरेको संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here