[दिपेन लावती]
शान्तिनगर, असोज १२ । झापाको शान्तिनगर– ६ सुनमाईमा भुसीया कुकुरको बिगबिगी बढेको छ । भुसीया कुकुरले पशुचौपाय लाई टोक्न थाले पछि स्थानिय त्रसित बनेका छन् । स्थानिय दुर्गा ढकाल, भिम बहादुर मुखिया, राजु आचर्य, मात्रिका कटटेल, यामकुमारी गडतौला, पदम गडतौला लगायतले पालेको पशुचौपाय लाई टोकेको छ ।
स्थानियको १७ बढि पशुचौपाय लाई टोके पछि उनिहरुले पशुचिकित्सकको सल्लाहा बमोजिम उपचार गरिरहेको राष्ट्रिय बिजय माध्यमिक बिद्यालयका प्रधानाध्यापक रामप्रसाद तिम्सीनाले बताए । भुसीया कुकुरको आतङक नियन्त्रण गर्न अहिले स्थानियले भुसीया कुकुर मार्ने र धपाउने गरेका छन् । दैनिक ७, ८ वटा कुकुरले दुख दिने गरेको स्थानिय राजु आचर्यले बताए ।
उनका अनुसार, भुसीया कुकुरले टोकेर अमृत थापाको एउटा गोरु र भवानी गड्तौलाको एउटा गाई मरेको छ । नजिकै बिद्यालय भएकाले भुसीया कुकुरले बिद्यार्थी लाई टोक्ने हो की भन्ने त्रास फैलिएको छ ।