पाठेघरमा क्यान्सर भए/नभएको गाँउमा नै जाँच

0
417

झापा, पुस १३ । झापाको शनिअर्जुन नगरपालिकाको शनिश्चरे बजारमा आफ्नो पाठेघरमा क्यान्सर भए÷नभएको निःशुल्क जाँच गराउन पाउँदा त्यहाँका स्थानीय महिला औधी खुशी देखिन्थे ।
पाठेघरको क्यान्सर सम्बन्धी जाँच गराउने व्यवस्था स्थानीय तहमा नभएको र अन्यत्र जान नसकिरहेका बेला स्थानीय स्तरमा नै पाठेघरमा क्यान्सर भए÷नभएको निःशुल्क जाँच गराउन पाउँदा महिलाहरु औधी खुशी देखिएका हुन् । सहारा नेपाल साकोस शनिश्चरे शाखा तथा मनकामना सहारा महिला समूहले नेपाल परिवार नियोजन संघ झापाको प्राविधिक सहयोगमा सञ्चालित पाठेघरको क्यान्सर जाँच शिविर त्यहाँ सम्पन्न गरेको थियो । शिविरमा २ सय १० जना महिलाले सोमवार सेवा लिए । जसमा ११ जनामा क्यान्सरको लक्षण भेटिएकाले ती मध्ये १० जनालाई थप उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि पठाइएको छ ।
शिविरबाट सेवा लिएका महिलाले आफ्नै ठाउँमा निःशुल्क रुपमा पाठेघरको जाँच गराउन पाउँदा आयोजकप्रति खुशी व्यक्त गरे । शिविरमा आउने महिलाको संख्या अत्यधिक रहेकाले कतिपय महिला पाठेघरको क्यान्सर जाँच गराउनबाट समेत बञ्चित भए । तर, आयोजकले उपस्थित महिलाको संख्या र मागलाई मध्यनजर गरी फागुनको दोस्रो साता सोही प्रकारको शिविर सञ्चालन गर्ने तयारी गरेको सहारा नेपाल साकोस शनिश्चरे शाखाका प्रबन्धक लक्ष्मीप्रसाद रिजालले बताउनुभयो ।
अमृता गुप्ताको अध्यक्षता र शाखा प्रबन्धक रिजालको प्रमुख आतिथ्यमा भएको शिविरमा परिवार नियोजन संघको तर्फबाट प्राविधिक प्रकृति बास्तोला र कल्पना उप्रेतीले सेवा पु¥याउनुभएको थियो ।
उक्त अवसरमा प्राविधिक उप्रेतीले महिलामा हुने पाठेघरको समस्या बारे जानकारी गराउँदै भन्नुभयो– ‘बच्चा भइसकेका र ६० बर्षभन्दा कम उमेरका महिलाले पाठेघरको क्यान्सरको परीक्षण गर्न सक्ने तर महिनाबारी भएको बेला र गर्भावस्थामा भने यो जाँच गराउन मिल्दैन ।’ कतिपय महिलाले टाढा जानुपर्ने झञ्झट र लाजले पनि पाठेघरमा हुने विभिन्न संक्रमणको परीक्षण गराउँदैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here