सुरुङ्गा, माघ २४। नर्वदेश्वर सामुदायिक भवन निर्माणार्थ लगाइएको स्कन्द नवाह ज्ञान महायज्ञ पुराणमा दान गर्नेको संख्यामा वृद्धि भएकोे छ ।
गत १९ गते बुधबारबाट शुरु भएको पुराणमा हालसम्म २२ लाख रुपैयाँ संकलन भएको बताइएको छ । संकलित रकममध्ये १४ लाख रुपैयाँ बैंकमा जम्मा गरिसकेको आयोजक समितिका सचिव दीपक चापागाईंले बनाए । पुराणमा पण्डित गुरुप्रसाद तिम्सिनाले एक लाख एक हजार एक सय ११ रुपैयाँ , हरिप्रसाद शिवाकोटीले ५१ हजार एक सय ११ रुपैयाँ, रामआशिष महथाले ५१ हजार एक सय ११ रुपैयाँ, एकराज उप्रेतीले ४५ हजार रुपैयाँ, शान्तिराम बरालले ३० हजार रुपैयाँ दान गरेका छन् । अन्य भक्तजनहरुले पनि यथाशक्य दान गरिरहेको आयोजक समितिले जनाएको छ ।
कनकाई नगरपालिकाको निर्माणाधीन भवन नजिक रहेको लगभग ६ कठ्ठा जमिनमा एक करोड ६० लाखको लागतमा ४२ सय वर्गफिट क्षेत्रफलको एक हजार मानिस आँट्न सक्ने सामुदायिक भवन बनाउने लक्ष्यका साथ महायज्ञको आयोजना गरिएको श्रीमद् स्कन्द पुराण नवाह संगीतमय महायज्ञ मूल आयोजक समितिका अध्यक्ष सुलोचना ओलीले बताइन् ।
८१ हजार श्लोक रहेको स्कन्द पुराण पण्डित मुक्तिनाथ सुवेदीको प्रमुख वाचकत्वमा भइरहेको पुराण माघ २७ गते सम्पन्न हुन गइरहेको छ ।






























