स्मारिका लोकार्पण

0
1356

झापा, माघ २४ । महानन्द शिक्षा सदन बुधबारेको रजत वार्षिकोत्सवमा अवसरमा स्मारिका लोकार्पण गरिएको छ ।
विद्यालयका प्रबन्ध निर्देशक तथा सञ्चालक महेन्द्र संग्रौलाको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश नं १ प्याब्सन अध्यक्ष नारायण घिमिरे, प्याब्सन झापा अध्यक्ष कोषराज प्याकुरेल, निजी विद्यालय शिक्षक संगठन झापा अध्यक्ष होमराज खतिवडाले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त विद्यालयको रजत वर्षमा प्रकाशित महानन्द शिक्षा सदन दर्पण २०७३ को लोकार्पण गर्दै शुभकामना व्यक्त गरेका थिए भने सो दर्पणको समीक्षा सीतारमेश बहुमुखी क्याम्पस प्रमुख गणेश निरौलले गरेका थिए ।
विद्यालयको थप उत्तरोत्तर उन्नयनको कामना गर्दै विनि जानुका गुरागाईं पूर्व व्यवस्थापन समिति अध्यक्ष बेनुप्रसाद पनेरू लगायतले समेत मन्तव्य राखेका थिए । २५औं वार्षिकोत्सवमा आयोजित तीनदिने कार्यक्रममा पहिलो दिन अन्तर सदन खेलकुद र तेस्रो दिन साँस्कृतिक तथा सांगीतिक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको कार्यक्रमको सञ्चालन प्राचार्य बालकृष्ण दाहाल र सहप्राचार्य दुर्योधन सिंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here