ओडारी बन्धु सेवा समितिमा श्रीप्रसाद ओडारी

0
862

बिर्तामोड, ओडारी बन्धु सेवा समितिको केन्द्रीय अध्यक्ष मा श्रीप्रसाद ओडारी चयन भएका छन् ।
संस्थाको सुरुङ्गामा भएको प्रथम साधारणसभाले श्रीप्रसादको अध्यक्षतामा केन्द्रीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष पूर्णप्रसाद ओडारी, सचिव भरत ओडारी, सहसचिव धर्मानन्द ओडारी, कोषाध्यक्ष गंगाप्रसाद ओडारी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा युवराज ओडारी, तोयानाथ ओडारी, रुपा ओडारी, हेमन्ताकुमारी ओडारी, गंगाराम ओडारी र केदारनाथ ओडारी रहेका छन् । सोही साधारणसभाले भीमप्रसाद ओडारी, लक्ष्मीप्रसाद ओडारी, सुरेन्द्र ओडारी, केशव ओडारी र खड्गप्रसाद ओडारी रहेको सल्लाहकार समिति समेत चयन गरेको छ ।
संस्थाका अध्यक्ष श्रीप्रसाद ओडारीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भीमप्रसाद ओडारीले स्वागत र गंगाप्रसाद ओडारीले औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई, व्यवसायी ओमकृष्ण विमली, संस्थाका कुलप्रसाद ओडारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव भरत ओडारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here