पर्यावरणीय र पर्यटकीय गन्तव्य वन्दै ‘श्रीजय ड्रिमलेण्ड पार्क’

0
435

पूर्णवहादुर कटुवाल
लक्ष्मीपुर, व्यस्त जीवनशैली, बढ्दो शहरीकरण र प्रदुशित वातावरणका कारण मानिस एकछिन भएपनि प्रदुशष र कोलाहलमुक्त हरियाली प्राकृतिक वातावरणमा रमाउन चाहान्छ । फुर्सद र विदाको समयमा अभिभावकहरु आफ्ना वालवालिका सहित मनोरम वातावरण भएको खुल्ला पार्क, वगैचा, प्राकृतिक पहिचानको यथार्थको झल्को दिने मनोरन्जनात्मक स्थलमा घुमफिर गर्नु, विश्राम गर्नु, पदयात्रा गर्नु, कर्तव्य जस्तै भएको छ ।
दिनहुँ जनसंख्या वृद्धि भइरहनु, तीव्र शहरीकरण हुनु, अत्यधिक प्रदुषण र भीडभाड बढ्नु जस्ता कारणले फराकिला र खुल्ला स्थलको अभाव भइरहेको छ । यतिमात्र होइन, आधुनिकीकरणका कारण परम्परागत सांस्कृतिक महत्वका वस्तुहरु लोप भइरहेका छन् । यस्तो अवस्थामा धुवा,ँ धुलो र कोलाहलमुक्त वातावरण, हरियाली वगैंचा र पार्क, वोटिङ शयर अधिकांश मानिसका चाहना र आवश्यकता भएका छन् । तर यी अभावलाई कम गर्दै चाहाना पुरा गर्ने उद्धेश्यमा यतिवेला झापाको विर्तामोड निवासी समाजसेवी एवम् शिक्षा सेवी जयनारायण ढुंगाना जुटेका छन् । उनी यस्तै पर्यावरणीय र पर्यटकीय महत्व वोकेको उद्यान निर्माणमा लागेका छन् । उनले विर्तामोड २ मा ‛श्रीजय ड्रिमलेण्ड पार्कर्’ निर्माण गरिरहेका छन् । करिव आठ विगाह क्षेत्रफलको कम्पाउण्डभित्र निर्मित यो पार्क पूर्वको सुविधासम्पन्न र ठूलो नमूना पार्क वन्ने भएको छ । सुविधासम्पन्न पार्कको निर्माण कार्य सम्पन्न भएपछि यस क्षेत्रका धेरै मानिस लाभान्वित हुने भएका छन् ।
हरियाली वातावरणले भरिभराउ यस पार्कमा वच्चादेखि युवा र वृद्धवृद्धा सम्मका सवैले मनोरन्जन लिन सक्नेछन् । यस पार्कको मुख्य विशेषता भनेको पूर्ण प्राकृतिक र हरियाली वातावरण हो । पर्यावरणीय संरक्षणमा समेत महत्वपूर्ण योगदान दिने यो पार्क धुवाँ धुलो र कोलाहलमुक्त हुनेछ । फराकिलो पार्कभित्र पस्नासाथ यसको नाम जस्तै साँच्चैको ‛ड्रिमलेण्ड’ अर्थात ‛स्वर्गको भूमि’को अनुभुति गर्न सकिनेछ । पार्कभित्र कम्पाउण्डको वरीपरि ‛रिङ फरेष्ट’ निर्माण गरिएको छ । पार्कको वरिपरि ‛ग्राउण्ड वोटिङ’ संचालन हुनेछ । ग्राउण्ड वोटिङ कै माथिल्लो भागमा ‛अप भेहिकल वे’ निर्माण गरिएको छ । अत्याधुनिक इन्जिनियरिङ डिजाइनमा निर्माण भएको ‛ओभर व्रीज’वाट ध्वनी प्रदुषणरहित भेहिकलमा यात्रा गरि संपूर्ण पार्क भित्रको दृष्यावलोकन गर्न सकिनेछ । यहाँ आधुनिक प्रविधिवाट निर्मित पार्कभित्र सयौं प्रजातीका रङ्गिविरङ्गी फुलहरुको सजिलै दृष्यावलोकन गरि नवआगन्तुकलाई भरपुर मनोरन्जन लिनसक्ने व्यवस्था गरिएको छ । यस्तै पार्कको कम्पाउण्डभित्र डिजाइन गरिएको पार्कले जीवनको यथार्थलाई समेत वुझ्न सकिने विश्वास लिइएको छ ।
यस्तै पार्कभित्रको अर्को आकर्षण ‛जुनिय र सिनियर स्वीमीङपुल’ पनि हो । यहाँ स–साना वालवालिकादेखि हरेक प्रौढले आनन्द लिन पाउने छन् । पार्कमा म्युजिक स्टेज र जीमशाला समेत निर्माण गरिएको छ । पार्कमा छिर्ने जोकोही पनि प्राकृतिक मनोरन्जन पश्चात संगीतको आनन्द लिन सक्ने गरि पार्कमा ‛म्युजिक स्टेज’को निर्माण गरिएको छ । पार्कको अर्को महत्वपूर्ण विशेषता भनेको ९० फिट उचाइको ९ तला भएको धरहरा हो । धरहराको नवौं तलामा ‛सपिङ कम्म्लेक्स’ रहेको छ । पार्कमा घुमफिर गर्ने प्रतेकले आ–आफ्ना आवश्यकता, रुचि र रोजाई अनुसारका वस्तुहरु खरिद गर्न सक्नेछन् । धरहराको सातौं तलामा विश्रामस्थलको निर्माण भएको छ जहाँ धरहरा चढ्नेहरुले थकित भएमा आराम गर्न सक्ने छन् । त्यहीं एउटा ‛सिम्पल टी स्टल’ पनि रहेको छ । जहाँवाट चियाको चुस्कीसंगै पार्कको चारैतिरको मनोरम वातावरण अवलोकन गर्न सकिनेछ । धरहराको ग्राउण्ड फ्लोरमा ‛वेवीजोन’ रहेको छ । यहाँ स–साना वालवालिकाले उमेर र रुची अनुसारका मनोरन्जनात्मक खेलका साधनवाट मनोरन्जन लिन सक्नेछन् ।
पार्कको अर्को महत्वपूर्ण विशेषता भनेको पूर्वतर्फ निर्माण गरिएको ‛केभ वे’ अर्थात गुझा (ओडार) भित्रको वाटो हो । यस वाटोमा पैदलयात्रा गर्न सकिनेछ । अत्याधुनिक प्रविधिको प्रयोग गरि भिमकाय माटोको ढिस्कोभित्र गुफा निर्माण गरिनेछ । सोही गुफाभित्र जमिनवाट भित्रभित्रै १०० मिटर उचाईसम्म जानको लागि दुईवटा पहाडी उकालो गोरेटो निर्माण गरिनेछ । दुई वटा वाटोको विचमाम केभको शिरमा रहेको पानीको मुलवाट उत्पत्ति भई तलतिर वग्ने खहरे खोलको निर्माण गरिनेछ । यहाँ नुहाईधुवाई समेत गर्न सकिने छ । दुइवटा गारेटो मध्ये एउट पुरुषले र अर्को महिलालो प्रयोग गर्ने छन् । खहरे खोलाको छेउछाउमा प्रसस्त ठुलाठुला ढुंगाहरु रहनेछन् । ति ढुंगामा वसरेर वटुवाले थकाई मार्न पाउनेछन् । खहरेखोलाको वीचमा वटुवाले वारपार गर्न पुलको निर्माण गरिनेछ । वारीपारीका यात्र्ुवीच कुनै सामग्री आदानप्रदान गर्नुपर्दा वा आवतजावत गर्न त्यो पुलको प्रयोग गर्न सकिनेछ । यो यात्रावाट वालवालिकाले पहाडी प्राकृतिक खोलानाला र ओराली उकालीको पहिचान प्राप्त गर्नुका साथै प्राकृतिक वातावरणको समेत परिचय पाउनेछन् ।
यस्तै पार्कको मध्य भागमा ४०×१०० फीटको संग्रहालय निर्माण हुनेछ । यो संग्रहायलय अर्को आकर्षण र रमणीयस्थाल हुनेछ । संग्रहालय भवनको एउटा कोठामा संग्रहीत वस्तु राखिने छ भने अर्को कोठामा ओमकार वर्गका देवगण लगायत देवीदेवताका प्रतिमा प्रतिस्थापन गरिनेछ । पार्कको प्रवेश गेको वालवालिकाले धर्म परम्परा, संस्कृति, आस्थाविश्वास सम्वन्धमा ज्ञान आर्जन गरुन् भन्ने उद्धेश्यले ओमकार वर्गका देवगणको प्रतिमा स्थापना गरिनेछ । यस्तै संग्रहालयको अर्को कोठामा भेटघाट हलको निर्माण गरिनेछ । पार्कमा घुमफिर गर्न आउने व्यक्तिले आफन्त, इष्टमित्र, साथीभाइसंग भेटघाट गर्न सकिनेछ । यस्तै पार्कमा रहेको ग्रीनफिल्डमा हेलिकोप्टर ल्याण्ड गर्न मिल्ने हेलिप्याड समेत निर्माण गरिने भएको छ । यति सुविधासम्पन्न पार्कको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेकोछ । निकट भविश्यमै पार्क संचालनमा आउने संस्थापक ढुंगानाले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here