मधेशी महिला–पुरुषालाई लैंगिक हिंसाविरुद्ध सचेतना

0
382

गंगा बराल
भद्रपुर , भद्रपुरका मधेशी वर्गका महिला र पुरुषहरुलाई शनिबार लैंगिक हिंसा, दाइजो प्रथा तथा विभेदविरुद्ध सचेतना प्रदान गरिएको छ ।
भद्रपुर–८ का ४० जना महिला तथा पुरुषलाई लैंगिक हिंसा, दाइजो प्रथा एवम् विभेदविरुद्धका कानुनी व्यवस्थाहरुका बारे जानकारी गराइएको थियो ।
भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा सिर्जना महिला समूहले आयोजना गरेको सो सचेतनामूलक गोष्ठीमा भद्रपुर नगरपालिका सामाजिक शाखा प्रमुख राजन न्यौपानेले सहजीकरण गरेका थिए ।
समूहकी अध्यक्ष कुमारी स्वर्णिका सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, नेकपा भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारीलगायतले बोलेका थिए । समूहकी उपाध्यक्ष सुशीला उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन उर्मिला सापकोटाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here