चित्रले चिनिएकी शितला

२३ चैत्र २०७५, शनिबार मा प्रकाशित

झापा, करिब १ वर्ष अघिदेखिमात्र देखि चित्रकलालाई निरन्तरता दिएकी झापा बिर्तामोड ५ की शितला भट्टराई पछिल्लो समय उत्कृष्ट चित्रकारका रुपमा परिचित हुँदै छिन् । सानैदेखि चित्रकलामा रुची भएर अन्य विभिन्न जनावर, ठाउँहरुको चित्रबनाउने भट्टराईले एक वर्ष यतादेखि मानिसहरुको समेत स्केच बनाउन थालिसकेकी छिन् । १ वर्षमा करिब ७० बढी मानिसहरुको स्केच बनाइसकेकी भट्टराई उमेरले १९ वर्षकी मात्र हुन् ।

सानै उमेरमा उत्कृष्ट चित्र बनाउने उनी बिर्तामोडस्थित एमिटि कलेजमा कक्षा १२ मा अध्ययन गर्दैछिन् । युटुबमा र सामाजिक संजालहरुमा देखेकै भरमा छोरीले स्केच बनाउन सिकेकी उनका बुबा तुलसीप्रसाद भट्टराईले बताए । चित्रकलामा रुची भएका विद्यार्थीहरुले चित्रकला सिक्ने विद्यालय पूर्वमा कहीँ कतै नभएकोले छोरीलाई अझ उत्कृष्ट चित्रकार बनाउने आफ्नो सपना अधुरै रहेको उनका बाबु गुनासो समेत व्यक्त गरेका छन् । उनकी जेठी छोरी शितला मात्र नभएर कान्छी छोरी सिजला पनि चित्रकलामा उत्तिकै माहिर छिन् । उनले पनि करिब ३० बढी मानिसहरुको उत्कृष्ट स्केच बनाइसकेकी छिन् । दिदिले बनाएको देखेरै आफूले पनि सिकेको कान्छी सिजलाले बताइन् ।

चित्रकला सिक्ने मन भएका विद्यार्थीहरुलाई चित्रकला सिकाइने कुनै विद्यालय वा प्रशिक्षण केन्द्र नहुन र ठुला चित्रकला प्रतियोगिता आयोजना नगरिनु दुःखको कुरा हो । हरेक व्यक्तिमा केही न केही लुकेका प्रतिभाहरु हुने भएकाले उक्त प्रतिभा उजागर गर्नका लागि विभिन्न विद्यालयहरुमा यस्ता अत्तिरित्त क्रियाकलापको पनि तालिम दिन जरुरी हुने कुरामा स्थानीय निकायले पनि ध्यान दिन जरुरी छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here