विद्यार्थीलाई खेल्न सिकाउदै नेपाली सेना

२४ चैत्र २०७५, आईतवार मा प्रकाशित

झापा, नेपाली सेनाले विद्यार्थीलाई खेलकुद प्रशिक्षण गराउन शुरु गरेको छ । स्थानीयस्तरमा युवाहरुलाई खेलकुदप्रति अभिरुची जगाई फुटवल र वास्केटवलमा विद्यार्थी अब्बल बनायने उद्देश्यले झापाको तोपगाछीमा रहेको २१ नम्वर वाहिनीले खेलकुद प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षणको उद्घाटन बाहिनी अड्डाका अपरेशन अधिकृत प्रमुख सेनानी मधूसूदन नरसिंह राणाले गरेका थिए । सो अवसरमा उनले विद्यार्थीलाई खेलकुद सामग्री समेत वितरण गरेका थिए । सो समारोहमा वोल्दै उनले शिक्षा स्वास्थ्य र खेलकुदको महत्व विद्यार्थीलाई दर्शाएका थिए । वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ देखि १० कक्षा सम्मका ६० जना विद्यार्थीको सहभागीता रहेकोवाहिनीका मेजर विनोद निरौलाले जानकारी दिएका छन् । प्रतियोगितामा झापा र इलाममा रहेका विद्यालयका विद्यार्थीको सहभागीत रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here