मेची–महाकाली सरसफाई अभियान

0
711

झापा।

झापाबाट मेची महाकाली सरसफाई अभियान शुरु भएको छ । अभियानको उद्घाटन मेचीनगरपालिकाका प्रमुख बिमल आचार्यले गरे । वर्ष २०७६ लाई सरसफाई वर्ष मनाउने भन्दै वागमती सरसफाई अभियानका अभियान्ता बिर्तामोड सरसफाईका अध्यक्ष भरत बस्नेतको नेतृत्वमा रहेको युवाको टोलीले झापाबाट सरसफाई अभियान शुरु गरेको हो । मेची नदीबाट सरसफाई अभियान शुरु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख आचार्यले आफ्नो गाउँ तथा नगरक्षेत्रभित्रका सार्वजनिक स्थल तथा महत्वपूर्ण सम्पदा र खुलाक्षेत्रको सरसफाईलाई व्यवस्थित बनाई स्वच्छ, सफा, स्वस्थ्य, सुन्दर र सभ्य नगरको पहिचान कायम गर्न आग्रह गरे ।

सफा नेपाल अभियानमा सहभागी बनौं, नेपाल भ्रमण वर्ष २०२० सफल पारौं, हामीले नगरे कस्ले गर्ने ? अहिले नगरे नगरे कहिले गर्ने ? लगायतका नारा लेखिएको ब्यानरसहित शुरु भएको अभियानमा अभियान उद्घाटन कार्यक्रममा जनप्रतिनिधिहरु, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक महेश थापा, सशस्त्र प्रहरी राजस्व एवम् भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश घिमिरे, मेची सामुदायिक प्रहरी केन्द्रका अध्यक्ष बुद्धिनाथ पौडेलसहित अन्य पदाधिकारीहरु, रेडक्रमकर्मी, सञ्चारकर्मी, उद्योगी व्यवसायीहरुको सहभागिता रहेको सरसफाई अभियान्ता विष्णु आचार्यले जानकारी दिए ।

कार्यक्रममा नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धी कार्यविधि २०७५ समेत नगर प्रमुख आचार्यलाई प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here