‘बाली बिज्ञान हामी निशुल्क पढाउछौ’ प्रधानाध्यापक आचार्य

0
995

इलामको रोङ गाउपालिका ३ मा रहेको शान्ति निकेतन माध्यमिक बिद्यालयले यस बर्ष बाट बाली बिज्ञान बिषयमा पठन पाठन सूरु गरेको छ । कक्षा ९ बाट १२ सम्म यो बिषयको अध्ययन पछि आइएसी एजी सरहको प्रमाण पत्र प्राप्त हुने भएकाले बिद्यार्थी र अभिभावकहरु अहिले यता तिर आकर्षित हुन थालेका छन् । यसै सन्दर्भमा सहकर्मी गणेश अर्यालले प्रधानाध्यापक हेमन्त आचार्य सग गरिएको कुराकानी :–

प्रश्न बाली बिज्ञान नै किन छान्नु भएको ?

उत्तर नेपाल सरकारले प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा प्राबिधिक बिषय अध्यापन गराउने नीति लिएको छ । सोही नीति मुताबिक हाम्रो स्थानीय तहले यस बिद्यालयमा प्राबिधिक धारको पठन पाठन गराउने निधो ग¥यो ।

हामीले सरोकार वाला, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक समिति, र स्थानीय तहका जनप्रतिनिधिहरु समेत बसेर यहाको हावापानी समाज लगायतको उपयुक्त हुने किसीमको बिषय बाली बिज्ञान हो भन्ने ठानेर हामीले बाली बिज्ञान पठन पाठन गराउने निर्णयमा पुगेका हौ । यो बिषय को अध्ययन पछि बिद्यार्थी स्वरोजगार हुने र फेरी नेपालको अर्थतन्त्र पनि कृषिमा नै आश्रित हुने भएकाले बाली बिज्ञान नै रोजिएको हो ।

प्रश्न बालीबिज्ञानका लागि पूर्वाधार के छन् त तपाइको बिद्यालयमा ?

उत्तर हामी संग प्राक्टिकल गर्नको लागि करिब ५ सय रोपनी जमिन पनि बिद्यालयको नाममा छ । यस बाहेक टाढाको बिद्यार्थीको लागि आवाश (होस्टल) छ । यातायातको सुबिधा पनि छ । अतिरिक्त क्रियाकलापको लागि पर्याप्त खेल मैदान छ ।

प्रश्न जागिर नै खान चाहनेको लागि भबिष्य पनि त छ होला नी ?

उत्तर अहिले नेपालको ७ सय ५३ वटै स्थानीय तहमा कृषिको प्राबिधिक आवस्यक छ । कतिपय स्थानीय तहले त वडामा पनि प्राबिधिक हरु राख्छन् । त्यसो भएकाले एउटा सम्भावना त्यहा छ । त्यती मात्रै होइन पढेर आफ्नै बारीमा केही गरौ भन्नेको लागि पनि स्वरोजगार हुन सक्ने प्रसस्त सम्भावना रहन्छ ।

प्रश्न अभिभावक र बिद्यार्थीले कसरी लिएका छन् ?

उत्तर कक्षा ९ बाट १२ सम्म बाली बिज्ञान बिषयमा अध्यापन हुन्छ । यो तह पार गर्दा आइएसी एजी बराबरको शैक्षिक योग्यता हुने भएकाले बिद्यार्थीहरु आकर्षित भएका छन् र केही बिद्यार्थी बाहिर बाट आएर एड्मिशन भइसकेका छन् । बाली बिज्ञान अध्ययनको लागि भनेर छुट्टै रकम जम्मा गर्नु नपर्ने भएकाले एक प्रकारले यो शिक्षा निशुल्कै हो भन्दा पनि फरक नपर्ने भएकाले अभिभावक र बिद्यार्थी दुबै पक्ष यस तर्फ आकर्षित भएको पाएका छौ ।

प्रश्न इलाममा अरु ३ वटा बिद्यालयमा पनि यस प्रकारको पठन पठन भएका छन् त्यहाको अनुभव बाट पनि केही सिक्न सकिएला नी त ?
उत्तर सुरु सूरुमा निकै उत्साह भएर बिद्यार्थी बाली बिज्ञान अध्ययन गर्न आएको पाइयो । यति सम्मकी इलाममा बिएड् अध्ययन रत पनि यो बाली बिज्ञान अध्ययन गर्न फेरी नौ कक्षामा भर्ना भएको पाइएको छ । यसले के देखाउछ भने अव बिद्यार्थीहरु शैध्दान्तिक शिक्षा भन्दा पनि प्राबिधिक धारमा आउछन् । हामीले यस बर्ष पहिलो बर्ष भएकाले ४८ जनाको कोटामा पुरै बिद्यार्थी नभएपनि आधा भन्दा बढी बिद्यार्थी भर्ना हुनेछन् भन्ने अपेक्षा लिएका छौ ।

प्रश्न अन्त्यमा ?

उत्तर यो कार्यक्रम शान्ति निकेतन् माध्यमिक बिद्यालयमा पार्न रोङ गाउपालिकाको भूमिका महत्वपूर्ण रहेको छ । शिक्षा बिकास तथा समन्वय इकाइले पनि सिफारिस गरेकाले यो कार्यक्रम बिद्यालयमा परेको हो ।

रोङको सेरोफेरोले प्रचार प्रसार गर्न ठूलै सहयोग गरिरहेको छ । र यो अवसरमा पूर्व प्रधानाध्यापक हिम्मेश्वर यादव सर लगायतको सक्रियतामा यो बिषय पठनपाठनको तयारी गरिएको हो । सम्बन्धीत सहयोग कर्ता निकाय तथा महानुभावहरुलाई हाल सम्मको सहयोगको लागि धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा राखेका छौ ।

म हालै मात्र बिद्यालयको प्रधानाध्यापकको जिम्बेवारी सम्हाल्न थालेकाले कतिपय बिषयमा मलाई जानकारी नहुन सक्ने भएकाले सिक्दै र सिकाउदै गर्नुपर्ने अवस्था आउन सक्छ । अन्त्यमा मलाई ठाउ दिनु भएकोमा पूर्वाञ्चल दैनिक र तपाइलाई आभार ब्यक्त गर्दछु । धन्यबाद

अडियो पनि छ ।

190503_011

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here