नेफिन युएईद्वारा २५६३ औं बुद्ध जयन्ती मनाउने

0
534

सुर्य खवास/ युएई,

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन ) यूएईको संयोजन तथा आवद्ध जातीय संस्थाहरूको सहभागितामा २५६३ औं बुद्ध जयन्ती भव्यताका साथ आगामी १४ जुन का दिन मनाउने गत शुक्रवार बसेको बैठकले निर्णय गरेको छ ।

दुई चरणमा सम्पन्न गरिने उक्त कार्यक्रमको पहिलो चरणमा लामा गुरूबाट पुजा पाठ, बुद्ध दर्शनका बारेमा मन्तव्यहरू र बृत्तचित्रहरू प्रस्तुत गरिने छ भने कार्यक्रमको दोस्रो चरणमा नेपाल आदिबासी जनजाति कलाकार महासंघ यूएईमा आवद्ध कलाकारहरू तथा जातीय संस्थाहरूले भगवान गौतम बुद्धसंग सम्बन्धित भजन, गीत तथा सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्नको लागी नेपाल आदिवासी जनजाति महासंघ यूएईका महासचिब सनिल घिसिङको संयोजकत्वमा आयोजक समिती गठन गरिएको छ । यसै गरि कार्यक्रमलाई भव्यताका साथ सफल पार्न विभिन्न उपसमितिहरु गठन गरि जिम्मेवारी प्रदान गरिएको छ । आर्थिक उपसमितिको संयोजकमा सुरेन्द्र थिङ तथा सदस्यहरूमा नेफिन कोषाध्यक्ष र सहकोषाध्यक्ष तथा जातीय संस्थाका कोषाध्यक्षहरू रहनुहुने छ । प्रचारप्रसार तथा मिडिया सहयोगिको जिम्मेवारी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूएईलाई प्रदान गरिएको छ । यसैगरी संस्कृतिक कार्यक्रमको जिम्मेवारी जनजाति कलाकार संघ यूएईलाई तोकिएको छ ।

युएईका विभिन्न सहरबाट कार्यक्रममा सहभागी हुन आउनुहुनेहरुकोलागि यातायातको ब्यबस्था एवं स्वयंसेवकको जिम्मेवारी किराँत राई यायोख्या युएईका निमा शेर्पालाई जिम्मेवारी दिएको छ भने प्रायोजक व्यवस्थापनको लागि नेफिन युएईका अध्यक्ष पासाङ शेर्पाको नेतृत्वमा आवद्ध सम्पुर्ण सस्था रहनेगरी जिम्मेवारी तोकिएको छ ।

कार्यक्रम युएईको देरा दुबई स्थित कार्लटन टावर होटलमा दिनको ठिक २ बजे बाट सुरु हुने जानकारी आयोजकले दिएको छl महासंघमा हाल सम्म तमु समाज युएई, तामाङ समाज युएई, नेपाल मगर संघ शाखा युएई, किराँत राई यायोक्खा शाखा युएई, किराँत याक्थुङ चुम्लुङ युएई, नेवा पुच: युएई, शेर्पा किदुग युएई, थारु कल्याणकरिणी सभा युएई, प्रवासी माझी समाज युएई, प्रवासी भुजेल सेवा समिति युएई तथा सुनुवार सेवा समाज शाखा युएई गरि ११ वटा जातिय संस्था आवद्ध रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here