फिदिममा ५८ वर्षीया महिला बलात्कृत

0
512

पाँचथर।

पाँचथरको फिदिम नगरपालिकामा ५८ वर्षीया महिला सामूहिक बलात्कारको शिकार भएकी छिन् ।

विवाहको निम्ता मान्न गएकी ती महिलालाई तीन जनाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

शुक्रबार राति तीन जनाको समूहले आफूलाई सामूहिक बलात्कार गरेको पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलका अनुसार पीडित महिलाको उजुरीको आधारमा घटनाका आरोपित स्थानीय ४५ वर्षीय धनसिंह फागोलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाका आरोपित अन्य दुई जना फरार रहेको पाँचथर प्रहरीले जानकारी दिएको छ । शुक्रबार छिमेकीको बिहेमा निम्तो मान्न गएको बेला राति आफूमाथि सामूहिक बलात्कार भएको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।-जितेन्द्र भण्डारी/इमेजखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here