प्रदेश १ सरकारद्धारा एक करोडको चेक हस्तान्तरण

0
549

धनुषा,
बारा र पर्साको हावाहुरी पीडितका लागि प्रदेश १ सरकारले घोषणा गरेको एक करोड सहयोगको चेक सोमबार हस्तान्तरण गरेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गर्नुभएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सोमबार आयोजना गरेको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपदमा सानो सहयोग गरेको बताउनुभयो । उहाँले विपतका समयमा हामी सबै एकजुट रहेको सन्देश दिन खोजेको मुख्यमन्त्री राइको भनाइ छ ।

चेक ग्रहण गर्दै प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेश १ को सहयोग प्रति आभार प्रकट गर्दै देश संघीय संरचनामा गएपछि प्रदेश-प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ गरेको बताउनु भयो ।

चैत्र १७ गते बारा पर्सामा भएको भीषण हावाहुरीमा २९ जनाको ज्यान गएको थियो भने सयौं मान्छे घाइते भएका थिए । यस्तै करोडौँ रुपैयाँ बराबर धनमालको क्षति भएको थियो ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here