दमकको बजेट १ अर्ब ३० करोड

0
764

दमक।

रतुवा र मावा खोलाको बीचमा रहेको झापाको दमक नगरपालिकाले वातवण र बिपद् व्यवस्थापनमा अनिवार्य रुपमा ५ प्रतिशत बजेट बिनियोजन गर्ने भएको छ ।

नयाँ बजेट निर्धारणको बिषयमा नगर बोर्ड बैठकले गरेको निर्णय र वार्ड कार्यालयहरुलाई गरेको निर्देशनमा यस्तो पाइएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार अब वार्ड कार्यालयहरुले समेत योजना छनौट गर्दा अनिवार्य रुपमा वातावरण र बिपद् व्यवस्थापन कोष बनाएर त्यसमा ५ प्रतिशत रकम बिनियोजन गर्नुपर्ने निर्णय भएको छ ।

नगरपालिकाले गठन गरेको श्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समितिले आउँदो आर्थिक बर्षका लागि १ अर्ब ३० करोड बजेटको सिलिङ रहने सिफारिस गरेको छ ।

नगरपालिकाले पूर्वाधार विकासमा ६५ प्रतिशत, आर्थिक बिकासमा १० प्रतिशत, सामाजिक विकासमा १० प्रतिशत, मर्मत सुधारमा १० प्रतिशत र वातावरण तथा बिपद् व्यवस्थापनमा ५ प्रतिशत बजेट वडागत रुपमा बिनियोजन गर्ने मार्गदर्शन पास गरेको पनि तिम्सिनाले जनाए ।

नगरपालिकाले अग्र्यानिक खेतीलाई समेत प्रवद्र्धन गर्नका लागि सामुहिक अग्र्यानिक खेतीलाई समेत समावेश गर्नका लागि वार्ड कार्यालयहरु परिपत्र गरेको जनाइएको छ ।
नमूना जैविक खेती प्रणाली विकास गर्ने कार्यक्रमहरु तय गर्नका लागि हामीले वार्ड कार्यालयहरुलाई आग्रह गरेका छौं– अधिकृत तिम्सिनाले भने ।

वार्डले सडक कालोपत्रे अयोजना छनौट गर्दा मुख्य सडकसँग जोड्ने हुनुपर्ने र अनिवार्य रुपमा पक्की नाला निर्माण हुनु पर्ने शर्त र सीमा समेत नगरपालिकाले निर्धारण गरेको छ । पानी पर्दा पानीको निकास नहुने अववस्था देखिए त्यहाँ लगानी नगर्ने नीति लिइएको छ– कार्यकारी अधिकृत तिम्सिनाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here