अर्जुनधाराधाममा निःशुल्क रात्रिकालीन भोजन

0
474

बिर्तामोड।

पूर्वको पशुपतिनाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीका लागि रात्रिकालीन निःशुल्क भोजन शुरु गरेको छ ।

धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रिकालीन भोजन शुरु गरेको धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताए । उनले अर्जुनधारा नगरपालिकाभित्रका असहाय र गरीबले समेत निःशुल्क सो भोजन ग्रहण गर्न पाउने व्यवस्था गरेको बताए ।

‘हाम्रो उद्देश्य भनेको नगरका कोही पनि भोकै नसुतुन् भन्ने हो’ –कोषाध्यक्ष जोशीले भने– ‘सँगै मन्दिरमा आउने भक्तजन र अतिथिका लागि समेत भोजनको व्यवस्था गरेका छौँ ।’

हालसम्म दाताको सहयोगबाट अक्षयकोषको रकम रु. ३५ लाख बढी भइसकेको उनले जानकारी दिए । भविष्यमा रु. एक करोडको अक्षयकोष बनाउने धामको लक्ष्य रहेको उनले बताए ।

अर्जुनधाराधाम तीर्थयात्रीको पछिल्लो समय ‘ट्रान्जिट प्वाइन्ट’जस्तै भएको बताउँदै धाम समितिका सदस्य शेखर प्रधानले बताए । ताप्लेजुङको पाथीभरा र भारतको कामाक्षादेवी लगायतका धाम जाने यात्रु यहीँ आएर बास बस्ने र उनीहरुका लागि भोजन र आवास दुबैको व्यवस्था गरिएको प्रधानले बताए ।

‘कोही भोकै नसुतुन्’ भन्ने नाराका साथ गत जेठ ५ गतेदेखि शुरु गरिएको भोजन दैनिक साँझ ७ः३० बजेदेखि ९ बजेसम्म खुवाइने सदस्य प्रधानले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here