ज्येष्ठ नागरिकलाई सम्मान

0
1210

चारपाने। बिर्तामोड नगरपालिका वडा नं. २ स्थित चारपाने–अर्जुनधारा विकास समाज ब्लक नं. ४ समितिले शनिबार चारपानेमा ११ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

मिठो–मसिनो खानेकुरा खुवाउँदै दोसल्ला अनि टोपी लगाएर उनीहरुलाई सम्मान गरिएको थियो । समाजका अध्यक्ष दीनानाथ सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष संग्रौलाले आफ्ना वडाभित्र रहेका ज्येष्ठ नागरिकलाई सम्मानजनक व्यवहार गर्दै राख्न सुझाएका थिए । वडा र नगरको तर्फबाट पनि ज्येष्ठ नगारिकलाई रेखदेखको वातावरण सिर्जना गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कृष्णमाया गौतम, नरमाया गिरी, कृष्णप्रसाद उप्रेती, धनमाया सुवेदी, तीलरुपा धिताल, मेदनीप्रसाद खरेल, जालपादेवी भेटवाल, अम्बिका गिरी, कृष्णप्रसाद राजवंशी, चिरञ्जीवी नेपाल र बमबहादुर गिरी सम्मानित भएका थिए ।
ज्येष्ठ माता–पिताहरुलाई धनपती प्रसाई, पिंगला गौतम, लयन्द्र भट्टराई, लोकनाथ खानल लगायतले सम्मान र सु–स्वास्थ्य दिर्घजीवनको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत भरत भट्टराई गरेका थिए भने कार्यक्रमको सञ्चालन रामलाल उप्रेतीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here