हुमागाईंको गर्जनः निरंकुशताको जन्म हुने खतरा

१ कार्तिक २०७७, शनिबार मा प्रकाशित

कालीझोडा । नेपाली काँग्रेस झापाका सञ्चार बिभाग प्रमुख कृष्णप्रसाद हुमागाँइले नेपालको वर्तमान संविधान नेपाली काँग्रेसको लोकतान्त्रिक अवधारण अनुसार नै बनेको भएपनि कम्युनिष्टहरुले लोकतान्त्रिक मूल्य र मान्यता बिपरीत शासन गर्न खोजीरहेको बताउनुभएको छ ।
अर्जुनधारा नगरपालिका १० कालीझोडामा आयोजित बडादशैं शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनिधि समेत रहनु भएका हुमागाँईले लोकतान्त्रिक व्यवस्थालाई कम्युनिष्टहरुले गरेको भ्रष्टाचार र कुशासनले बिकृत बनाईरहेको र बिकृत प्रजातन्त्रको गर्भबाट निरंकुशताको जन्म हुने खतरा रहेको औंल्याउनुभयो ।
नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि मोहन सुब्बाले राष्ट र जनताको समृद्धिका लागि स्थापना नेपाली काँग्रेसको स्थापना भएको बताउँदै कम्युनिष्टहरुको भ्रमजालमा परेका जनताले नेपाली काँग्रेसलाई खोजीरहेको बिचार व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस अर्जुनधारा १० नं वडा अन्तर्गत पाँच नम्बर टोल समितिद्वारा आयोजित सो कार्यक्रममा क्षेत्रीय प्रतिनिधिहरु श्ेखरनाथ अधिकारी, ललित खड्का र कर्ण तामाङ्ग, ट्रेड युनियन काँग्रेस झापा जिल्ला कोषाध्यक्ष गान्धारी मिश्र, वडा सभापति यज्ञलाल श्रेष्ठ, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
टोल सभापति गाविन्द पोखरेलको सभापतित्वमा भएको सो कार्यक्रममा खगेन्द्र सुवेदीले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन टिका लिम्बूले गर्नुभएको थियो ।माक्स, सेनेटाइजर र भौतिक दूरीलाई कायम गरेरर आयोजना गरिएको सो कार्यक्रममा बहुसंख्यक युवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here