नेपाली कांग्रेसमा अहिले बौद्धिक द्वन्द्व चलिरहेछ । त्यो बौद्धिक द्वन्द्व चलिरहँदा कहिलेकाहीँ नेताहरुले बौद्धिक दरिद्रता पनि प्रदर्शन गरेर आफ्नो शाखÞ घटाइरहेका छन् । डा. शेखर कोइरालाले ‘राजनीति गर्नेसँग संस्कार र नैतिकता दुबै हुनुपर्छ, त्यो नभए राजनीति दीर्घजीवी हँुदैन’ विराटनगरको एक कार्यक्रममा व्यक्त गरेका थिए । त्यस्तै उनले– ‘गलत नजिर देखाएर पार्टी त्यही गतिमा हिँडाउछु भन्नु पार्टीको संगठन बन्दैन’ भन्दै मेचीदेखि महाकालीसम्म दौडदै छन् ।
तीन कोइराला डा. शशांक, सुजता र डा. शेखर कोइराला एउटै मालामा आवद्ध भएर ‘हामी एक भयौं’ भन्दै यिनै सन्देश वीरगञ्जमा दिइरहेको बेला पार्टी सभापति शेरशहादुर देउवाले वीरगञ्जबाटै ‘कोइरालाको विरासत होइन नेपाली कांग्रेस’ भन्दै ‘डा. शेखरको के हैसियत छ’ भनेर अभिव्यक्ति दिइरहँदा ‘कोइराला थर हँुदैमा सभापति नै हुन पाउनुपर्छ भन्ने तर्क नाजायजÞ हो’ समेतको अभिव्यक्तिले उनको राजनीतिक हैसियत बढ्यो कि घट्यो यस विषयमा टिप्पणी हुँदै गर्ला ।
राजनीतिमा हैसियत धेरै कारणबाट निर्मित हुन्छ र त्यो हैसियत बनाउने क्रममा शेरबहादुर देउवाले पनि धेरै जेलनेल खाएर निरन्तर नेपाली कांग्रेसमा आफूलाई समाहित गरेर नेपाली कांग्रेसमा आफ्नो हैसियत बनाए, प्रधानमन्त्री भए, पार्टी सभापति पनि भए त्यो उनले बनाएको हैसियत कै प्रतिफल हो । राजनीतिमा बनेको हैसियत बचाएर राख्न सजिलो छैन र हैसियत बनाउन जति कठिन छ बनेकोको हैसियत बचाउन झन् कठिन छ । राजनीतिक हैसियत बनाउन बर्षौं लाग्छ । तर, त्यो हैसियत स्खलन हुन केहीबेर लाग्दैन, त्यो सबैले बुझ्नुपर्छ । अझ हाम्रा सभापति शेरबहादुर देउवाले त जरुरी नै छ, जरुरी यसकारणले छ कि कांग्रेसको प्रतिष्ठा सभापतिसँग पनि जोडिएको छ ।
नेपालको राजनीतिमा धेरै राजनीतिज्ञले हैसियत बनाउँदै गए र त्यसमध्ये केही राजनीतिज्ञको हैसियत यसरी स्खलन भयो कि अहिले राजनीतिमा यिनीहरुको चर्चासम्म छैन । जस्तो वीपी पुत्र प्रकाश कोइराला यिनले एकताका राजनीतिमा राम्रो हैसियत बनाएका थिए र त्यो हैसियतमा विवेक नपुग्दा धाराशायी भयो ।
तत्कालीन नेकपा एमालेका राधाकृष्ण मैनाली, त्यस्तै पञ्चायती राजनीतिमा हैसियत बनाएका पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पनि आज राजनीतिक हैसियत देखिँदैन । तर, यही सिद्धान्त र बिचार लिएर अगाडि बडिरहेका राप्रपाका कमल थापा, पशुपति शम्शेर, प्रकाशचन्द्र लोहनीको राजनीतिक हैसियत र प्रभाव निरन्तर बढ्Þदो अवस्थामा छ ।
राजनीतिमा लागेपछि पार्टीका महामन्त्री, सभापती हुँदै प्रधानमन्त्रीसम्म पुग्ने इच्छा, विचार र अभिष्ट राख्नु राजनीति गर्नेको नैसर्गिक अधिकार हो र त्यो अधिकार नेपाली कांग्रेसमा डा. शेखर कोइरालाले राखेको कुरा सामाजिक सञ्जालमा आइरहेको छ । त्यस्तै रामचन्द्र पौड्याल, कृष्ण सिटौला, प्रकाशमान सिहंको पनि सामाजिक सञ्जालमा कुरा आएको छ । के यिनीहरुले सभापतिको कुरा राख्नु अपराध हो त ? नेपाली कांग्रेसमा पार्टी सभापतिमा वर्तमान पार्टी सभापतिले मनोनयन गर्ने जस्तो शैलीमा कोइराला थर हँुदैमा पार्टी सभापति हुने नाजायजÞ तर्क भन्न मिल्छ । पार्टी सभापति महाधिवेशनबाट निर्वाचित हुने व्यवस्थामा पार्टी सभापतिको यो अभिव्यक्ति आफैमा क्षयकारक छ ।
डा . शेखर कोइराला धरानको वीपी स्वास्थ्य प्रतिष्ठानमा रहे यिनले बिरामीको नाडी छामेर पनि काम गरे त्यतिखेर पनि नेपाली कांग्रेसकै राजनीतिमा आफूलाई कुनै न कुनै रुपमा प्रस्तुत गरिरहे । डा. शेखरले नाडी छामिरहेको भए कानमा क्तभतजयकअयउभ लगाइरहेको भए आज यिनको राजनीतिक हैसियत कसैले खोज्दैनथ्यो । जब यिनले नाडी छाम्न छोडेर सक्रिय राजनीतिमा होमिँए र यहाँसम्म आइपुग्दा निकै राम्रो हैसियत बनाइसकेका छन् । जुन गत महाधिवेशनमा यिनले प्राप्त गरेको सर्वाधिक मतबाट प्रष्ट हुन्छ । अर्को कुरा डा. शेखर कोइराला लाग्छ कि वर्तमान सभापति यिनै हुन्, जुन सभापतिले गर्नुपर्ने संगठनको काम त्यो डा. शेखरले मेची– महाकाली पुगेर संगठलाई मजबत, चुस्त र दुरुस्त पार्न यिनले गरिरहेका छन् ।
अहिले नेपाली कांग्रेस प्रतिपक्षमा छ र प्रतिपक्षको भूमिकामा डा. शेखर पनि खरो देखिएका छन् र वर्तमान पार्टी सभापतिको कार्यशैलीको तीव्र असन्तुष्टी पनि यिनै डा. शेखरले गर्दै आएका छन् र यसरी डा.शेखरको हैसियत बढेसँगै देउवाको तापक्रम पनि बढिरहेको वीरगञ्जको अभिव्यक्ति हो । राजनीतिज्ञले आफ्नो लेख वा विचार व्यक्त गरिरहँदा सकेसम्म त्यहाँ प्रश्न उठ्न सक्ने सम्भावन आउन दिनुहँुदैन । अहिले डा. शेखरमाथि उनको हैसियतको प्रश्न उठाउँदा प्रश्न उठाउनेको हैसियतमा पनि प्रश्न उठ्न सक्छ । प्रकृतिको नियम छ जस्तो ध्वनि त्यस्तै प्रतिध्वनि ।