बिर्तामोडमा नगरस्तरीय खेलकुद प्रतियोगिता

0
938

विर्तामोड।

११औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद अन्तर्गत बिर्तामोड नगरस्तरिय खेलकुद प्रतियोगिता बुधबारदेखि शुरु भएको छ ।

बिर्तामोड नगरपालिका शिक्षा शाखाको आयोजनामा बिर्तामोड नगरपालिका वडा नंं. १०स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयमा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

कार्यक्रम संयोजक तथा महेन्द्र ज्योति माविका प्रधानअध्यापक प्रेमबहादुर लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा विर्तामोड नगरपालिका वडा नं. १०का वडाध्यक्ष दूर्योधन गुरुङ, बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख युवराज पाण्डे, कार्यपालिका सदस्य गीता पोखरेल, झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड नगरपालिका खेलकुद विकास समिति अध्यक्ष टीकाप्रसाद संग्रौला लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्र्यक्रमको सञ्चालन उपाध्यक्ष दुर्गाप्रसाद निरौलाले गरेका थिए ।

प्रतियोगिताको पहिलो दिन बुधबार महेन्द्र ज्योति माविमा एथ्लेटिक्स प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा बिर्तामोड नगर क्षेत्रभित्रका निजी तथा सामुदायिकसहित ४० वटा विद्यालय तहका बालबालिकाले प्रतियोगितामा सहभागिता रहेको बताइएको छ ।

जेठ २४ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्ने प्रतियोगिता अन्तर्गत फुटबल सेन्टजेभियर्स, कवड्डी र भलिबल महेन्द्ररत्न मावि बिर्ताबजार, क्रिकेट दुर्गा मावि लक्ष्मीपुर हुने संयोजक लिम्बूले जानकारी दिए । सोही खेल तालिका अनुसार महेन्द्र ज्योति माविमा एथ्लेटिक्स अन्तर्गतका प्रतियोगिता गराइएको हो ।

प्रतियोगितामा छात्र र छात्रा दुवै समूहबाट १००देखि ३००० मीटरसम्मको एकल तथा ४ इन्टु १०० को रिले दौडमा प्रतिष्पर्धा गराइएको छ ।

यसका साथै लङजम्प, छेलो, ज्याब्लिङ थ्रो, हाइजम्प, ट्रिपल जम्पमा प्रतिस्पर्धा गराइएको संयोजक लिम्बूले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here