अर्जुनधारा।
झापाको अर्जुनधारा–८ निवासी पूर्व संविधान सभा सदस्य सिद्धार्थकुमारी सोमानी सम्मानित भएका छन् ।
नेपालको संविधान निर्माणमा सोमानीले पु¥याएको योगदानको मूल्याङ्कन गर्दै गत जेठ १५ गते गणतन्त्र दिवसको सन्दर्भमा आयोजित समारोहमा उनलाई सम्मान गरिएको हो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानसभा पदक तथा सम्मान पत्र प्रदान गरेकी थिइन् ।
हाल मारवाडी सेवा समितिका केन्द्रीय सदस्य, माहेश्वरी समाज झापाका सल्लाहकार रहेका सोमानी २०६४ सालमा सम्पन्न निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अनुसार संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।