‘युतखेविस’द्धारा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सुरु

0
619

अर्जुनधारा।

युवा तथा खेलकुद विकास समिति अर्जुनधारा–१को आयोजनामा सात दिवसीय व्यक्तित्व, नेतृत्व विकास, उद्घोषण तथा माइन्यूट लेखन तालिम शुक्रबारदेखि सुरु भएको छ ।

वडास्तरमा रहेका महिलाहरुलाई सशक्तिकरण गर्ने उद्धेश्यले आयोजित उक्त तालिमको उद्घाटन प्रमुख अतिथि वडाध्यक्ष गजाधर खतिवडाले गरेका थिए ।

स्थानीय सयपत्री युवा समूहको सभाहलमा सहजकर्ताहरु सञ्चारकर्मीद्धय लीला अनमोल र सुष्मा त्रिखत्रीले सहजिकरण गर्ने तालिममा ७० जना भन्दा बढी महिलाको सहभागीता रहेको बताइएको छ ।


समितिका अध्यक्ष श्रीप्रसाद नेपालको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्यहरु तुलसा पोखरेल, दिलबहादुर सारु, भद्रीका वि.क. र माधवप्रसाद आचार्य, सामुदायिक स्वास्थ्य इकाईकी प्रमुख प्रमिला एक्तेन, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवराज लोहार, खुदुनावारी–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष मदनकुमार दनुवार, सयपत्री युवा समूहका सदस्य डीबी दर्नाललगायतको आतिथ्यता रहेको थियो ।

समितिकी कोषाध्यक्ष मुना अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मिलनकुमार श्रेष्ठले गरेका थिए । उक्त तालिम सञ्चालन गर्न वडाको स्वीकृत बजेटबाट एक लाख ५० हजार रुपैयाँ विनियोजन भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here