‘हर्न निषेध’झापामा असफल काठमाण्डौंमा कडाई

0
954

झापा ।

प्रदेश–१ लाई हर्न निषेध घोषणा गरेपनि झापामा असफल भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले हर्न निषेध गर्ने घोषणा गर्दै तत्कालिन ट्राफिक प्रहरी प्रमुख ढुण्डीराज गिरीले अभियानलाई तिब्रता दिदैं धेरै सवारीलाई कारबार्हीको दायरामा ल्याएका थिए ।

त्यस लगत्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयको नेतृत्व सम्हालेका ट्राफिक प्रहरी निरीक्षक राजेश राईले पनि र्हन निषेध अभियानलाई सञ्चालन गरेका थिए । उनले आकस्मिक अवस्था बाहेक अन्य समयमा हर्न नबजाउन चालकहरुलाई सचेतना समेत फैल्याएका थिए ।

तर हाल ट्राफिकको नेतृत्व सम्हालि रहेका ट्राफिक प्रहरी प्रमुख होमप्रसाद अधिकारीले यो विषयलाई प्राथमिकता नदिएको बताइएको छ । उनले हर्न निषेध, अन्य चेक जाँचलाई पनि खासै प्राथमिता नदिदाँ दुर्घटना बढ्न सक्ने सरोकारवालाले बताएका छन् ।

झापामा हर्न निषेध अभियान असफल भएपनि ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो । महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही गरेको छ ।

ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिइएको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको जानकारी दिए। महाशाखाले जथाभावी हर्न बजाउने सवारीसाधनलाई प्लेकार्ड, ब्यानर, अडियो, पर्चा पम्लेट वितरण गरेर सचेत गराएको थियो ।

ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका उनले बताए । । यसअघि उपत्यकामा विसं २०७४ वैशाख १ देखि उपत्यकालाई पूर्ण हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । उक्त घोषणा धेरै मात्रामा लागू भए पनि पूर्णरूपमा भने लागू भएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here