अर्जुनधारामा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न


२८ जेष्ठ २०७६, मंगलवार ०९:१७ मा प्रकासित
  • 16
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

अर्जुनधारा।

Advertisement

वडामा रहेका ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी अर्जुनधारा–७ वडा समितिको आयोजनामा एक दिने स्वास्थ्य शिविर कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

वडाध्यक्ष नवराम ढुंगाना “नविन”को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले ब्लड प्रेसर जाँच्दै शिविरको उद्घाटन गरेका थिए ।

अर्जुनधारा स्वास्थ्य चौकी र शनिश्चरे आयुर्वेद औषधालयको प्राविद्यिक सहयोग रहेको शिविरमा एक सय ५० जना भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका वडा सदस्य ऐतराज नेम्वाङ “सन्तोष”ले जानकारी दिए ।

शिविरमा स्वास्थ्य चौकीका एचए अनुषा कार्की, सीनीयर अहेवद्धय दुर्गाप्रसाद भट्टराई र बाबुराम निरौला, अहेव रामबहादुर शाह तथा आयुर्वेद औषधालयकी वैद्य सुमन तिम्सिना र कविराज रामसुशिल यादवले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

वडाको वार्षिक कार्यक्रम अन्र्तगत एक लाख रुपैयाँ बजेट विनियोजन गरी सञ्चालन गरिएको शिविरमार्फत् स्वास्थ्य परीक्षणसँगै निःशुल्क औषधी वितरण गरिएको वडाध्यक्ष ढुंगानाले बताए ।

सोही कार्यक्रमको सन्दर्भमा प्रमुख अतिथि रानाले रगत परीक्षण गराउँदै स्वास्थ्य चौकी अन्र्तगत रहेको प्रयोगशालाको पनि उद्घाटन गरेका थिए ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्