बिर्तामोड–भद्रपुर सडक अब चारलेनको

0
869

बिर्तामोड।

बिर्तामोड–भद्रपुर सडकखण्ड चार लेनको बन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक जिल्ला सदरमुकामलाई पूर्व–पश्चिम राजमार्गबाट चारलेनको सडकले जोड्ने घोषणा गरेपछि बिर्तामोड–भद्रपुर सडकखण्ड चार लेनको बनाउन निर्माण थालिएको हो ।

गत असोज महिनादेखि सुस्त गतिमा निर्माण शुरु भएको बिर्तामोड–भद्रपुर सडकखण्ड अब सदरमुकामसम्म जोडिने भएको हो । यसअघि बिर्तामोडदेखि गरामनी छेउसम्म चार किलोमिट सडक चारलेन बनाउने सम्झौता भएको थियो ।
तीन वर्षभित्रमा सडक निर्माण सम्पन्न हुने बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीको जानकारी दिए । थप भएको योजना बमोजिम साढे १३ किलोमिटर सडक बन्ने भएको हो ।

यसअघि सम्झौता अनुसार २७ करोड रुपैयाँ लागतको सडक निर्माणका लागि डिभिजन सडक कार्यालय दमकले टेन्डर आह्वान गरेको थियो । उक्त सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट विनियोजन गरेको डिभिजन कार्यालयका इञ्जिनियर माधव पौडेलले जानकारी दिएका छन् ।

उनले भने– ‘काम शुरु भएको १८ महिनाभित्र पूरा गरिसक्ने लक्ष्य छ ।’ चार किलोमिटर मध्ये २.८ किलोमिटर सडक १६ मिटर चौडा, एक मिटर नाली र फुटपाथसहित जम्मा २३ मिटर चौडा हुने गरी सम्झौता भएको थियो । आषिश–प्रेरा जेभीले काम गरिरहको छ । काम सुस्त गतिमा भएपछि आम उपभोक्ताले ठेकेदार पक्षको आलोचना समेत गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here