मेचीनगरमा नयाँ कुष्ठरोगी फेला

0
584

मेचीनगर।

मेचीनगरमा कुष्ठरोगी फेला परेका छन् । यसअघि ११ जनाले नियमित कुष्ठरोगको औषधि सेवन गर्दै आएका थिए ।

नगरबासीको अवस्थाबारे जानकारी लिने उद्देश्यले मेचीनगर– १५ स्थित ज्यामिरगढी स्वास्थ्य केन्द्रमा एकदिने निःशुल्क चर्मरोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना गरिएको थियो । जहाँ नयाँ कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको शिविरमा एक सय ८० जनाले सेवा लिएको संयोजक शशीकला राईले जानकारी दिइन् । शिविर सञ्चालन गर्नुको मुख्य उद्देश्य पनि कुष्ठरोगीको पहिचान गर्न नै भएको बताउँदै राईले शिविरमा फेला परेका रोगीमा निकै कडाखालको कुष्ठरोग फेला परेको जानकारी दिइन् । उनीहरुको शरीरका नशा पुरै ‘इगनोर’ भइसकेको छ । ‘डिफरमिटी’हरु पनि फेला परेको छ ।

एक वर्षसम्म उनीहरुले नियमित औषधि खानैपर्ने उनको भनाई छ । उनले रोगीका बारेमा नाम, थर वतन गोप्य राख्नुपर्ने भन्दै नाम खुलाउन चाहिनन् झापामा कुष्ठरोगीको संख्या धेरै छ । यो एक व्यक्तिबाट अर्काेमा सर्ने रोग हो । यसको सर्ने दर कम भएपनि अवस्था दयनीय छ ।

नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार शिविरमा मेचीनगरसहित छिमेकी भद्रपुर नगरपालिकाका विभिन्न वडाबाट आएका एक सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । अधिकांशमा गर्मीका कारण छालामा लाग्ने रोग देखिएको थियो ।

गर्मीका कारण शरीरको च्याप–च्यापमा हुने संक्रमण, फंगलको समस्यासहित एलर्जी, बालबालिकाहरुमा घमौरा, स–साना कीराले टोकेको, दाद लगायत फेला परेको पूर्वाञ्चल विश्व विद्यालयका डर्माटोलोजिष्ट डाक्टर निरज खड्काले जानकारी दिए ।

शिविरमा डाक्टर खड्का नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले स्वस्थ्य परीक्षण गरेको थियो । यदि समयमै उपचार गर्न जाने हो भने यो समस्याबाट मुक्त पाइन्छ । यसका लागि स्वयम् आफुनै सचेत हुनपर्ने स्वास्थ्यकर्मी रामनारायण यादव बताउँछन् । शिविरमा स्वस्थ्यकर्मीहरु प्रदीपकुमार गुप्ता, मनोज भट्टराई, पवित्रा भुजेल, धनकुमारी राई, बबिताकुमारी यादव, गोमादेवी उप्रेती, तारादेवी शिवाकोटी रीना यादव, कृष्णकुमारी निरौला कोपिला भट्टराईले सेवा दिएका थिए ।

वडा नम्बर १५ का वडाध्यक्ष गुणराज भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ग, खाद्य अधिकृत दीपेन्द्रकुमार कार्की लगायतको आतिथ्य रहेको थियो ।

बसाई–सराई, खुला सीमाना बिरामी अङ्गभङ्ग भएपछि मात्र उपचारका लागि आउने लगायतका कारण कुष्ठरोग नियन्त्रण कार्यक्रम प्रभावकारी बन्न नसकेको तथा कुष्ठरोग निवारणमा चुनौति बन्ने गरेको नेपाल कुष्ठरोग संगती झापा इञ्चार्ज परशुराम पोखरेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here