राप्रपा भद्रपुरको अध्यक्षमा राधा

0
910

भद्रपुर।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भद्रपुर नगर समितिको अध्यक्ष पदमा राधा कार्की र्निविरोध चयन भएकी छिन् .

राप्रपाको तेस्रो नगर अधिवेशनले पहिलो पटक महिला नेतृको अध्यक्षतामा ५ सदस्यीय नगर समिति गठन गरेको हो । नगरको प्रत्येक वडा मध्येबाट ५÷५ जनालाई नगर समितिमा राखिएको जनाइएको छ ।

सदस्यहरुमा १ नम्बर वडाबाट हरिराम परियार, युद्धवीर लिम्बू, अनिता लिम्बू, बिनु लिम्बू र शंकर लिम्बू, २ नम्बर वडाबाट कृष्ण सुब्बा, इन्द्रलाल पुरी, हसन सुब्बा, प्रकाशकुमार राई र डम्बर लिबाङ रहेका छन् । त्यस्तै ३ नम्बर वडाबाट शोभा ठटाल, मोहन खरेल, नरेन्द्र लिम्बू, जीतलाल राजवंशी र पुनम सुब्बा, ४ नम्बरबाट तुलसा भट्टराई, बुद्धिमान तामाङ, चन्द्र पुलामी मगर, माधवप्रसाद पोखरेल र हेमलाल भट्टराई रहेका छन् .

त्यसैगरी ५ नम्बर वडाबाट दीपेश खतिवडा, सञ्जय घोष, नरबहादुर वन, चन्द्रकला भुषाल र जीतु शर्मा, ६ नम्बर वडाबाट बद्री भण्डारी, आइत माया वि.क., रत्नबहादुर गिरी, हुलासचन्द्र सरिया रहेका छन् । त्यस्तै ७ नम्बरबाट अभिषेक ढुंगाना, हरि कोइराला, सीता लम्साल, झुमा दाहाल र कबिन्द्र दाहाल, ८ बाट रञ्जितकुमार खड्का, अनिरुद्र सिटौला, शर्मिला सुब्बा, देवकुमारी नेपाली र चेतबहादुर अधिकारी रहेका छन् ।

त्यस्तै ९ नम्बर वडामा हरिप्रसाद निरौला, नेपाल सिंह, रुद्रप्रसाद अधिकारी, निरज पोखरेल र कमला राउत (राई), १० नम्बरबाट कुसुम भट्टराई, भोला दाहाल, नारायण कोइराला, मनिराम न्यौपाने र लक्ष्मी लिवा सदस्यमा चयन भएका छन् ।

नगर अध्यक्ष बाबुराम पराजुलीको अध्यक्षतामा झापा उद्योग बाणिज्य संघ भद्रपुरको सभाहलमा सोमबार नगर अधिवेशन राप्रपाका महामन्त्री तथा प्रतिनिधिसभा सांसद राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा राप्रपाका सहउपाध्यक्ष भक्ति सिटौला, जिल्ला अध्यक्ष अम्बरबहादुर बिष्ट, युवक संगठनका जिल्ला अध्यक्ष राजकुमार राई, विद्यार्थी संगठनका नेता माधव पोखरेल लगायतले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य ३ नम्बर क्षेत्रीय अध्यक्ष नवराज पनेरुले राखेको कार्यक्रमको सञ्चालन अभिषेक ढुंगानाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here