दुई करोड रुपैयाँको लागतमा स्वास्थ्य चौकी भवन

0
812

बिर्तामोड।

झापाको शिवसताक्षी नगरपालिका– ११ मा दुई करोड रुपैयाँको लागतमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ ।

स्थानीय समाजसेवी उमानाथ अधिकारी जगतबहादुर बिष्ट परिवारले सात कठ्ठा जमिन निःशुल्क प्रदान गरेपछि दुई करोड ११ लाख रुपैयाँको लागतमा सतासीधाम स्वास्थ्य चौकीको भवन निर्माण भएको हो ।

भवन निर्माणसँगै त्यस क्षेत्रमा स्वास्थ्य सेवा लिन आएका सेवाग्राही समेत प्रत्यक्ष लाभान्वित भएका छन् । सतासीधाम स्वास्थ्य चौकीबाट मासिक झण्डै चार सय जनाले स्वास्थ्य सेवा लिँदै आएको स्वास्थ्य चौकीका अहेव अमृत सुब्बाले बताए । उनका अनुसार चालू आर्थिक वर्षको यो अबधिसम्ममा छ हजार चार सय आठ जनाले स्वास्थ्य सेवा लिइसकेका छन् ।

शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन डिभिजन कार्यालय इलामले भवन निर्माणका लागि रकम विनियोजन गरेपछि स्वास्थ्य चौकी भवन निर्माण भएको उनको भनाई छ । सतासी निर्माण सेवाले भवन निर्माणको काम सम्पन्न गरेको हो । भवनको उद्घाटन गर्न भने बाँकी रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here