मोटरसाइकलको ठक्करबाट झापामा एक पैदलयात्रीको मृत्यु

0
837

झापा,

मोटरसाइकलको ठक्करबाट झापामा आइतबार एक पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा पैदलयात्री कनकाई नगरपालिका ४ कोटिहोम बस्ने ९० वर्षीय इन्द्रप्रसाद न्यौपाने रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका ३ पश्चिम स्टेन नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १४ प ९२७४ नम्बरको मोटरसाइकलले न्यौपानेलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका न्यौपानेलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यता मोटरसाइकल चालक सोही नगरपालिका ६ बस्ने १९ वर्षीय पवन सेन्चुरी इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here