बिर्तामोड ।
झापा मेचीनगरका प्रणित पुडासैनी प्याजेन्ट नेपाल इन्टरनेश्नलले आयोजना गरेको फेशनमोडल अवार्डमा मौफसलको टप फाइब कोरियोग्राफरका रुपमा छनौट भएका छन् ।
आगामीश्रावण २३ गते काठमाडौमाहुने अवार्ड कार्यक्रमको नोमिनेसनमाउनी पर्न सफलभएकाहुन् । उनले बिगतपाँचबर्ष देखि झापामाइभेन्ट म्यानेजमेन्ट, कोरियोग्राफीतथा रयाम्प निर्देशन गर्दै आएका छन् ।
अवार्ड जित्नकालागिउनले भोटको अपिल गरेका छन् । जसकालागिमोवाइलमार्फत PN 33A टाइप गरि 33001 मा पठाउनु पर्ने हुन्छ । सो फेशन एण्ड मोडल अवार्डको नोमिनेशनमापुर्व मिस नेपालहरु सुगारीका केसी, माल्भिकाशुब्बा, मिस्टर मोडल अफदि वल्र्ड दिक्पालकार्की सहित अन्यचर्चीत व्यक्तिहरुको नाम समावेश छ ।
टप फाइबकोरियोग्राफरमा पर्दै नोमिनेशनमा पर्ने पुडासैनी झापाका पहिलो कोरियोग्राफर हुन् । उनी प्रबन्धनिर्देशक रहेको कम्पनी ड्म्स वल्र्ड इन्टरटेण्टमेन्ट समेत मौफसलको टप फाइबइभेट म्यानेजमेन्ट कम्पनीबन्दै नोमिनेशनमा परेको छ ।
पुडासैनी सञ्चारकर्मी समेत हुन । त्यसैगरी इमरजिंग फेशन डिजाइनरका रुपमा झापा बिर्तामोडका बिवेश राई समेत नोमिनेशनमा परेका छन् ।


























