रोसन भट्टराई / झापा ।

बुद्धशान्ति गाउँपालिका ४ कि मृगौला रोगबाट पिडित मनिषा मगरलाई झापाली समाज युएइले आर्थिक सहयोग गरेको छ ।
झापाली समाज युएईका सचिव पारस लामाको संयोजकत्वमा संकलन गरिएको नगद एक लाख ४८ हजार एक सय २५ रुपैँया आइतबार मनिषाको घरमै गएर मनिषाकी आमालाई नरुषा घिसिङ र एलिसा तामाङले हस्तान्तरण गरेका थिए ।
आर्थिक अवस्था कमजोर भएको र डाक्टरले तत्काल मृगौला फेर्नुपर्ने बताएपछि उनको परिवार यतिबेला आर्थिक समस्या परेको हो ।

यतिबेला मनिषाको ललितपुर स्थित किस्ट कलेजमा उपचार भइरहेका छ । हप्तामा दुईदेखि तीन पटकसम्म डाइलोसिस गर्नु पर्ने अवस्था रहेको मनिषाको मृगौला प्रत्यारोपणमा ठुलो रकम लाग्ने भएकाले सबैमा सहयोग गरिदिन उनकी आमा प्रेम कुमारी मगरले अनुरोध गरेकी छिन् ।
पारिवारिक अवस्था अत्यन्तै कमजोर भएकोले स्थानीय राजेन्द्र राईको संयोजकत्वमा यतिबेला मनिषा मगर बचाउ अभियान समेत संचालन गरी आर्थिक संकलनको कार्य अघि बढाइएको छ ।






























