अर्जुनधारामा सञ्चारकर्मी भट्टराईको उपन्यास अस्वत्थामाको चर्चा

0
932

अर्जुनधारा ।

सञ्चारकर्मी एवम् साहित्यकार कुमार भट्टराईद्वारा लिखित उपन्यास अस्वत्थामाको बुधबार चर्चा गरिएको छ ।

अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिको आयोजनामा धामको श्रवण हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनको उपन्यासको चर्चा गरिएको हो ।

लेखक भट्टराईले स्वागत मन्तव्यसहित उपन्यासको विषयमा जानकारी गराएको कार्यक्रममा धामका मूल अर्चक अग्निप्रसाद सिग्देल र कवि मुनाराज शर्माले उपन्यास बारे चर्चा गरेका थिए ।

अग्रज साहित्यकार कृष्ण धरावासी, व्यवसायी चर्तुभूज काफ्लेलगायतले उपन्यासको विषयमा आफ्नो धारणा व्यक्त गरेको कार्यक्रममा पूर्व वन राज्यमन्त्री वीरमणी ढकाल, अर्जुनधारा–७का वडाध्यक्ष नवराम ढुंगाना “नविन”, शनिश्चरे बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सरोजकुमार ओली, चेम्बर अफ कमर्श अर्जुनधाराका संयोजक पूष्पप्रसाद रेग्मी, शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शंकर सुवेदी, हामी ३८ सेका संयोजक शेखर प्रधानलगायतको सहभागीता रहेको थियो ।

समितिका अध्यक्ष नविनकुमार गट्टानीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन उर्मीला दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here