खेलकुद पत्रकार मञ्चको निःशुल्क फोटो पत्रकारिता तालिम

0
980

अर्जुनधारा।

नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाले दुई दिने निःशुल्क फोटो पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ ।

बिर्तामोडस्थित होटल हिकोला हेरिटेजमा यही साउन २५ र २६ गते हुने तालिमका प्रशिक्षकहरु फोटो जर्नालिस्ट क्लब काठमाण्डौंका अध्यक्ष विकास कार्की र नेपाल न्यूज डटकम काठमाण्डौंका मल्टिमिडिया प्रमुख विजय गजमेर रहेका छन् ।

मञ्चका सदस्य र सक्रिय पत्रकारिता गरिरहेकाले मञ्चको सदस्यता लिएर तालिममा सहभागिता जनाउन सक्ने बताइएको छ ।

यसैबिच तालिम समापनको दिन मञ्चको दोस्रो अधिवेशनसँगै नयाँ नेतृत्व चयन हुने अध्यक्ष रमेश समदर्शीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here