सीटीस्क्यान मेसिनमा ठगी गरेको आरोपमा दमकमा रेडियोलोजिष्ट पक्राउ

0
762

बिर्तामोड।

इलाका प्रहरी कार्यालय दमकले सीटीस्क्यान मेसिन विक्री गर्दा ठगी गरेको आरोपमा एक व्यक्तिलाई फक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर घर भएका रेडियोलोजिष्ट डा.सुनिल देव रहेका छन् । प्रहरीले उनलाई लाइफलाई अस्पताल प्रालिका अध्यक्ष डा. तीलकचन्द्र साहलाई सीटीस्क्यान मेसिन विक्री गर्दा ठगी गरेको आरोप पछि पक्राउ गरेको हो ।

फक्राउ परेका देवलाई प्रहरीले ठगी मुद्दामा दुई पटक अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले बताउनुभयो । उहाँले भन्नुभयो – ‘रेडियोलोजिष्ट देवले दश वर्ष अघि डा. साहलाई सीटीस्क्यान मेसिन विक्री गरेको र लेनदेनमा समस्या रहेछ डा .साहको उजुरीका आधारमा उनलाई हामीले नियन्त्रणमा लिएका हौं ।’पक्राउ परेका रेडियोलोजिष्ट अहिले इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा छन् ।

श्रोतका अनुसार रेडियोलोजिष्ट देवले डा.साहालाई ५० लाख रुपैयाँमा सीटी स्क्यान मेसिन खरिद गर्न सहयोग पु¥याएका थिए । डा साहले रेडियोलोजिष्ट देवलाई ३२ लाख रुपैयाँ उपलब्ध गराएपछि वान स्लाइस सीटी स्क्यान मेसिन भारतको दिल्लीबाट खरिद गरिदिएका थिए । तर, स्वास्थ्य मन्त्रालयले वान स्लाइसको सीसीस्क्यान प्रयोगमा रोक लगाएपछि डा साहले सीटीस्क्यान प्रयोगमा ल्याएका थिएनन् स्रोत भन्छ – रोकिएको पैसा मागेपछि डा साहले देवलाई उल्टै ठगी मुद्दा दर्ता गराएका हुन् ।

सीटी स्क्यानको मूल्य झण्डै दुई करोड रुपैयाँ पर्ने बताइएको छ । डा साहले वेवको सहयोगमा भारतको एक अस्पतालबाट ५० लाखमा मेसिन अरिद गरेको बताइन्छ ।

रेडियोलोजिष्ट देवले खरिद गर्न सहयोग गरेर ल्याएको सीटीस्क्यान मेसिन अहिले डा साहसंग नै रहेको बताइएको छ । तर, डा देवले अहिलेसम्म पनि आफूलाई सीटीस्क्यान मेसिन नदिएको डा साहले आरोप लगाउनु भएको छ ।

लुकाइयो सीटी स्क्यान मेसिन

वान स्लाइसको सीटी स्क्यान मेसिन प्रयोगमा सरकारले नै रोकलगाएपछि लाईफलाइन अस्पतालका अध्यक्ष डा साहले वान स्लाइसको एक थान मेसिन लुकाएको खुलेको छ । उनले इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाको आडमा उक्त मेसिन लुकाएको खुलेको हो ।

पूर्वाञ्चल दैनिकको टोली शुक्रवार अस्पताल परिसर पुग्दा डा साहले नै सञ्चालन गरेको सीटीस्क्यान सेवा दिने घरमा उक्त मेसिन लुकाएको भेटेको थियो । देवसंग लेनदेनमा कुरा नमिलेपछि उनले उक्त सीटीस्क्यान मेसिन लुकाएका हुन् । १० वर्ष अघि खरिद गरिएको सो मेसिन अहिले बन्द वाकसमा राखिएको छ । तर, डा साहले उक्र मेसिन आफूसंग नभएको भन्दै डा देवलाई ठगी मुद्धा प्रहरी हिरासद पु¥याएका छन् ।

५० लाखमा सीटी स्क्यान खरिद गरिएपनि ३२ लाख रुपैयाँ पाएपछि मेसिन झापा ल्याइएको थियो । १८ लाख रुपैयाँ मेसिन स्टल गरेपछि दिने सहमति भएपछि डा साहले नै मेसिन इन्टल गर्न नदिएको बताइएको छ । सरकारले वान स्लाइसको मेसिन सञ्चालनमा प्रतिवन्ध लगायो त्यसपछि डा साहले सीटी स्क्यानको पैसा रोकेको हो स्रोत भन्छ यो काममा सरासर फटाई डा साहको छ ।

बेल्नै मान्दैनन डा साह

सीटीस्क्यान खरिद यसमा देखिएको विवादका विषयमा हाम्रँे टिम लाजकारी लिन लाईफलाईन अस्पताल दमक पुगेको थियो तर,साहले आफूलाई सो विषयमा केही पनि जानकारी नभएको बताएका छन् ।

देव पक्राउ पर्नुको कारणका विषयमा जिज्ञासा राख्दा उनले आफूलाई समेत त्यो विषयमा जानकारी नभएको र वाँकी कुरा इलाका प्रहरी कार्यालय दमकका डीएसपीलाई सोध्नु भन्दै पन्छिन् । उनले उक्त कुरा क्यामेरामा रेकट नगर्न भन्दै क्यामरा बन्द गर्न पत्रकारलाई निर्देशन समेत दिए ।

यता यस विषयमा अस्पतालका मेडिकल डाइरेक्टर भट्टराईसंग उक्र विषयमा जानकारी लिदाँ उनले भारतबाट ल्याएएको मेसिन प्रयोग विहीन वनेको बताए । उनले भने – वास्तबमै पीडा छ यो पीडा क– कसलाई सुनाउने सुनाउने निकाय नै छैन ।

लाईफलाईन अस्पतालले सीसटी स्क्यान सहितको सेवा दिने भनेपनि सीटीस्क्यानमै समस्या देखिएपछि वर्षैदेखि सो क्षेत्रका स्थानीय समस्यामा परेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here