सुरेन्द्र भण्डारी
झापा, मानवबाट मौलिक तथा बौद्धिक रुपले सिर्जित रचना, ध्वनिअङ्कन, प्रस्तुति र प्रशारण आदिको कानूनद्वारा स्रष्टालाई प्रदान गरिने एकलौटी अधिकारलाई प्रतिलिपि अधिकार भनिन्छ । मानिसको बुद्धिले सिर्जना गरेका सबै कुरा बैद्धिक सम्पत्ति हुन् । बौद्धिक सम्पत्ति सम्वन्धि कानूनले बौद्धिक सम्पत्ति अधिकारको संरक्षणको व्यवस्था गरेको छ ।
तर, झापामा बौद्धिक सम्पत्ति (प्रतिलिपि अधिकार हनन्) चोरी भयो भन्दै अहिलेसम्म एउटा पनि मुद्दा अदालतमा दर्ता नभएको जिल्ला अदालत झापाका श्रेष्तेदार दुर्गा खनालले बताउनुभयो । उहाँले भन्नुभयो –‘ जनसाधारणमा ज्ञान र चेतनाको कमीका कारण प्रतिलिपि अधिकार हनन् सम्वन्धि अदालतमा मुद्धा दर्ता भएको छैन ।’

नेपालमा २०२२ सालमा जारी गरिएको प्रतिलिपि अधिकार ऐनलाई परिमार्जन गरी २०५९ सालमा प्रतिलिपि अधिकार ऐन,२०५९ र ०६१ सालमा प्रतिलिपि अधिकार नियमावली जारी भएको छ । ऐन र नियमावली जारी भएपनि सष्टा कलाकारहरुको कृति सिर्जनाको सार्वजनिक प्रयोग गरेवापत रोयल्टी संकलन गर्ने र उनीहरुलाई रायल्टी दिने व्यवस्थालाई कार्यरुप दिन भने अझैं चुनौतिको विषय रहेको संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष महेश खड्काले बताउनुभयो । उहाँले भन्नुभयो – ‘गीत, संगीतबाट थोरैले मात्रै रोयल्टी पाउँदै आएका छन् । अहिलेको जल्दाबल्दो समस्या भनेकै हाम्रो बौद्धिक सम्पत्ति चोरी हो यसलाई रोक्न ऐन नै बनेपनि चेतनाको अभावका कारण सकिएको छैन ।’
प्रतिलिपि अधिकार एवम् व्यवस्थापनका विषयमा आज झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो –‘प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अब श्रष्टाहरुका रुने दिन गए हास्ने दिन आए भन्दै पाइरेसी गर्नेलाई ऐन अनुसार कडा भन्दा कारवाही हुने बताइरहँदा आफूहरुले रोयल्टी नै नपाउने अवस्था छ ।’
विवाह, पार्टी, सभा समारोहमा समेत गीत संगीत बजाउँदा रोयल्टी तिर्नु पर्ने कानूनी व्यवस्था छ उहाँले भन्नुभयो – ‘चेतना अभावका कारण अहिलेपनि सार्वजनिक सवारीलाई बाध्य बनाउँदा समेत गीत संगीत बजाएको रोयल्टी तिर्दैनन् ।’
आर्थिक वर्ष २०७४÷०७५ मा यातायात व्यवस्था कार्यालय मेचीले सवारी साधनमा गीत वजाएबापत २५ लाख रुपैयाँ रोयल्टी उठाएको भएपनि गत वर्ष २०७५÷०७६ मा सो भन्दा कम रोयल्टी संकलन गरेको अध्यक्ष खड्काले बताउनुभयो ।
कसैले तयार गरेको साङ्गीतिक रचनामा अनुमति नलिई तोडमोड वा रिमिक्स गर्नु हुँदैन, फोटो जन्य रचनाको प्रयोग गर्दा फोटोग्राफरको अनुमति लिनु पर्दछ अध्यक्ष खड्काले भन्नुभयो – यहाँ त हरेक कुरामा पाइरेसी हुँदा समेत कानून भएपनि सम्वन्धित व्यक्तिले चासो नदिदा समस्या ज्यूँ का त्यूँ छ ।’
जिल्ला अदालत झापाका न्यायाधीश नारायणप्रसाद पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी माधव पोखरेल, प्रहरी उपरीक्षक दीनेशराज मैनाली, नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयका प्रकाश आचार्य, यातायात व्यवस्था कार्यालय १ नम्वर प्रदेश मेचीका निमित्त कार्यालय प्रमुख गोपिचन्द्र वोहोरा, लगायतले बोल्नुभएको थियो ।
यसैबीच यातायातका क्षेत्रबाट रोयल्टी उठाउन सहयोग पु¥याएको भन्दै यातायात व्यवस्था कार्यालय १ नम्वर प्रदेश मेचीका निमित्त कार्यालय प्रमुख वोहोरा र श्रष्टा गौरीमान राईलाई सम्मान गरिएको थियो ।–––(






























