झापा ।
झापामा विद्युतीयबार परी एक वृद्धाको मृत्यु भएको छ । जंगली हात्ती नियन्त्रणमा लागि राखिएका बिद्युतियबारको करेन्ट लागेर मेचीनगर नगरपालिका–९ स्थित माथिल्लो मागुरमाडीकी ६० वर्षीया गङ्गा थपलिया को मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यलय झापाका सुचना अधिकारी महेन्द्र श्रेष्ठका अनुसार आफ्नै घरको पछाडि पट्टीको खेतबारीमा जंगली हात्ती नियन्त्रणका लागि राखिएको विद्युतीय धरापमा परी थपलियालाई बिहीबार राति करेन्ट लागेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । वृद्धाको शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।





























