निःशुल्क स्वास्थ्य शिविर

0
1043

बिर्तामोड।

लायन्स क्लव अफ बिर्तामोडको आयोजनामा बुधबारेमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष जीवनकुमार खड्काको अध्यक्षता तथा लायन्स क्लव अफ बिर्तामोडका पूर्व अध्यक्ष ओमकृष्ण बिमलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ध्वजाको अभिवादन विपीन घिमिरेले गरेका थिए ।

कार्यक्रममा लायन्स क्लव अफ बिर्तामोडका पूर्व अध्यक्ष सत्यनारायण शर्मा, गौतम शर्मा, पुष्कर निरैला, मोहन मित्तल, लियो क्लव अफ बिर्तामोड सिनियरका विशाल अग्रवाल, रुपेश भण्डारी, शत्रुधन बुढाथोकी लगायतको आतिथ्य रहेको थियो ।

बुधबारेको महिला सामुदायिक अस्पतालमा भएको शिविरमा ७६ जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ डा. लता श्रेष्ठ र रेडियोलोजिष्ट डा. दिपाा थापाले सेवा प्रदान गरेका थिए ।

शिविरमा सहभागीलाई ३० हजार रुपैयाँ बराबरको औषधि, १० हजार रुपैयाँ बराबरको भिडियो एक्स–रे, १० हजार रुपैयाँ बराबरको रगत परीक्षण निःशुल्क गरिएको थियो ।

औषधि वितरणमा लियो क्लव अफ बिर्तामोड सिनियरका कृष्ण कार्कीले सहयोग गरेका थिए । कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ बिर्तामोडका सचिव निकेश गट्टानीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here