बिर्तामोड।
नेवाः पासा मुना पुचः बिर्तामोडको आयोजनामा पाचौं सामुहिक क्वाँटी पुन्ही तथा लाखे जात्रा कार्यक्रम सम्पन्न भएको छ ।
नेवाः पासा मुना पुचः बिर्तामोडको रजत जयन्तीको अवसरमा संस्थाको १२औं कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको रजत जयन्ती मूल समितिका संयोजक दिनेश श्रेष्ठले बताए ।
नेवाः पासा मुना पुचः बिर्तामोडकी अध्यक्ष ईश्वरा श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ गायक एलपी जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेवाः पासा मुना पुचः बिर्तामोडका उपाध्यक्ष दिनेश श्रेष्ठले स्वागत गरेका थिए ।
पाचौं सामुहिक क्वाँटी पुन्ही तथा लाखे जात्रा कार्यक्रम संयोजक आकाश श्रेष्ठले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा नेवाः छें (नेवारी भवन)का बारेमा निर्माण समिति संयोजक निर्मल कर्माचार्यले जानकारी दिएका थिए भने नेवाः छें निर्माण आर्थिक समिति संयोजक प्रमेश हलवाईले नेवाः छें निर्माणमा भइरहेको खर्चको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा बिर्तामोडमा पहिलो पटक लाखे जात्रा शुरु गरेर योगदान पु¥याएको भन्दै लक्ष्मी श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै एसईईमा उत्कृष्ठ अंक ल्याउने सरकारी बिद्यालयतर्फ मोहनमाया माविका सुदिप श्रेष्ठ र देवीमाविकी रिचा श्रेष्ठ र संस्थागत बिद्यालयतर्फ एमिटी एजुकेशन फाउण्डेशनका आदित्य प्रधान र प्रजिता श्रेष्ठलाई सम्मान गरिएको सम्मान कार्यक्रम संयोजक कमल श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ झापा अध्यक्ष भरतकुमार श्रेष्ठ, सम्मानित व्यक्ति लक्ष्मी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा लाखे जात्रासहित नेवारी संस्कृति झल्कन नेवारी नृत्य प्रस्तुत गरिएको थियो भने क्वाँटीसहित नेवारी भोज खुवाइएको थियो ।
कार्यक्रममा जीवन रक्षा पोलिक्लिनिक बिर्तामोडले निःशुल्क स्वास्थ शिविर अन्तर्गत मधुमेह र उच्च रक्तचाप जाँच गरेको थियो भने मुख्य प्रयोजक रिना किचेन क्राफ्टस् म्यानुफ्याक्चर्सका उत्कृष्ठ उत्पादन डिलक्स कुकरको स्टलमा १५ प्रतिशत छुट दिइएको थियो । कार्यक्रमको सञ्चालन नेवाः पासा मुना पुचः बिर्तामोडका सचिव राजिव श्रेष्ठले गरेका थिए ।