शीतलाको नयाँ नेतृत्व चयन

२ भाद्र २०७६, सोमबार मा प्रकाशित

बुधबारे ।

बुद्धशान्ति गाउँपालिका वडा नं. २ स्थित शीतला सामुदायिक सेवा तथा विकास केन्द्रको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष प्रेमकुमार शिवाकोटीको अध्यक्षता र बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मिरा भुर्तेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष निलम घिमिरेले स्वागत गरेकी थिइन् । संस्थाको साधारणसभाले पुनः प्रेमकुमार शिवाकोटीकै अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

नवगठित समितिको उपाध्यक्ष निलम घिमिरे, सचिव झल्का भट्टराई, सहसचिव टंक घिमिरे, कोषाध्यक्ष लेखनाथ अधिकारी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा रत्नबहादुर तिवारी, नर्वदा पौड्याल, विमला मैनाली र मातृकाप्रसाद दुलाल चयन भएका छन् ।

सोही साधारणसभाबाट संयोजक टंक भण्डारी, सदस्यद्वय टंकमणि आचार्य र दिव्यकुमारी अधिकारी रहेको लेखा समिति समेत चयन गरिएको छ । साधारणसभाले संस्थाको हाताभित्र रहेको शीतलादेवीको मन्दिरलाई ग्रील घेराबारा र ट्रस्टको छानो निर्माण गरिदिने दाताहरू प्रह्लाद खड्का र पुष्पलता खड्का, कम्पाउण्ड घेराबारा निर्माणमा ४० बोरा सिमेन्ट र १०० केजी फलामको रड प्रदान गर्ने रेखा घिमिरे, घेराबाराको दक्षिणतर्फ फलामे ढोका निर्माण गरिदिने ज्ञानेन्द्र कार्कीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

त्यसैगरी नै शीतला कीर्तन उपसमितिका भजन संयोजक मातृका दुलाल र साप्ताहिक भजनकीर्तनमा नियमित उपस्थित हुने कृति ढुङ्गेल पुरस्कृत भएका थिए । दिननाथ ढकाल, पं. टिकाप्रसाद भट्टराई लगायतको आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि भुर्तेल, विशेष अतिथि रामजानकी मन्दिरका अध्यक्ष अर्जुनकुमार सुवेदी, शीतला मन्दिर संरक्षक चन्द्रकला पोखरेल र सम्मानितका तर्फबाट प्रह्लाद खड्काले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव टंक भण्डारीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here