फास्टट्रयाकमा जापान अध्ययन सम्बन्धी सेमिनार

२ भाद्र २०७६, सोमबार मा प्रकाशित

बिर्तामोड।

उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुका लागि ‘जापान’ एक प्रमुख गन्तव्य बनेको छ । सुरक्षित, सुहाउँदो हावापानी र पढाइ सँगसँगै काम गरी आम्दानी गर्न सकिने भएपछि पछिल्लो समय उच्च शिक्षा अध्ययन गर्न जापान जाने नेपाली विद्यार्थीहरु बढेका छन् । उच्च शिक्षा अध्ययन गर्न जापान जान चाहने विद्यार्थीले नेपालमा एक सय ५० घण्टाको जापानी भाषा अनिवार्य सिक्नुपर्ने भएको छ ।

जापानी भाषामा दक्षता भएपछि मात्र नेपाली विद्यार्थीहरुले काम र पढाइ सजिलै अघि बढाउन सक्ने भएकाले जापानी भाषा अनिवार्य सिक्नुपर्ने बताउँछन्– फास्टट्रयाक एजुकेशन कन्सल्टेन्सीका प्रवन्ध निर्देशक खड्गबहादुर ताम्लिङ (लिम्बू) ।

लामो समयदेखि बिर्तामोडमा जापानी भाषाको प्रशिक्षण गराउँदै आएको फास्टट्रयाक एजुकेशन कन्सल्टेन्सीले जापान जानु अगाडि र जापान पुगिसकेपछि अपनाउनुपर्ने र जान्नुपर्ने कुराहरु विद्यार्थी र अभिभावकहरुलाई जानकारी दिँदै आएको उनले बताए । पछिल्लो समयमा जापानले विदेशी विद्यार्थीका लागि अध्यागमन (इमिगे्रसन)बाट सोधपुछ र दूतावासद्वारा भाषा सम्बन्धी अनिवार्य रुपमा अन्तरवार्ता लिने गरेकोले पनि उच्च शिक्षा अध्ययन गर्न जापान जाने नेपाली विद्यार्थीले नेपालमै एक सय ५० घण्टाको जापानी भाषा सिक्नुपर्ने उनले बताए ।

उच्च शिक्षा अध्ययन गर्न जापान जाने विद्यार्थीले जापानका प्रमुख चार भर्ना÷प्रवेश (इन्टेक) मध्ये अप्रिलमा पढ्न जानेले २४ महिना, जुलाईमा जानेले २१ महिना, अक्टोवरमा जानेले १८ महिना र जनवरीमा जानेले १५ महिना अनिवार्य जापानी भाषा पढ्नुपर्ने र त्यसपछि न्याटको लेभल फाइभको पूर्व तयारी परीक्षा समेत उत्र्तीण गर्नुपर्ने उनले बताए ।
उच्च शिक्षा अध्ययनको लागि जापान जान न्यूनतम् शैक्षिक योग्यता प्लस टु उत्तीर्ण गरी नेपालमा एक सय ५० घण्टाको जापानी भाषा सिक्नुपर्ने बताउँदै उनले बताए ।

जापानमा विद्यार्थी भिषामा गएको विद्यार्थीले हप्तामा २८ घण्टामात्र काम गर्न पाउने बताउँदै उनले शैक्षिक संस्थाको लामो विदाको समयमा हप्तामा ४० घण्टासम्म काम गर्न पाइने बताए ।

फास्टट्रयाक एजुकेशन कन्सल्टेन्सीले उच्च शिक्षा अध्ययन गर्न जापान जाने विद्यार्थीहरुलाई जापान जानुपूर्व जापानी भाषाको तयारी कक्षा, शैक्षिक संस्थाको छनौट, त्यहाँको हावापानी, भिषाको प्रक्रिया, कागजपत्रको तयारी र जापान पुगिसकेपछि होस्टेलको व्यवस्था, आशिंक समय काम गर्न पाइने व्यवस्था अर्थात् ‘पार्ट टाईप जव’ सम्बन्धी सूचना, जानकारी र परामर्श प्रदान गर्दै आएको उनले बताए ।

यसैबीच उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै बिर्तामोडमा जापान अध्ययन सम्बन्धी सेमिनार सम्पन्न भएको छ । फास्टट्रयाक एजुकेशन कन्सल्टेन्सी बिर्तामोडको आयोजनामा भएको सेमिनारको सहजीकरण एआरएमएस र एच एण्ड ए जापानिज ल्याङ्ग्वेज स्कूल नागोया जापानकी कलेज रिक्रुट्मेन्ट अफिसर वातानावे दुङले गरेकी थिइन् ।

कार्यक्रममा उनले उच्च शिक्षा अध्ययन गर्न जापान जाने विद्यार्थीले जापानी भाषा अनिवार्य सिक्नुपर्ने भएकाले जापानमा सन् २०१० बाट एआरएमएस जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा ल्याएको बताइन् । उक्त स्कूलमा सन् २०१४ बाट नेपाली विद्यार्थीले जापानीज भाषा सिक्दै आएको र हाल ५५ जनाले उक्त भाषा सिक्दै आएको उनले बताइन् । विद्यार्थीहरुले उक्त भाषा अध्ययन सकेपछि आफ्नो मुख्य विषय र विश्वविद्यालय छनौट गरी उच्च शिक्षा हाँसिल गर्न सक्ने प्रावधान रहेको उनले बताइन् ।

नेपाल, श्रीलंका, मेक्सीको, भियतनाम, चीन, इण्डिनेशियाका विद्यार्थीहरु जापानी भाषा सिक्दै गरेको उनले बताइन् । उक्त स्कूलमा विभिन्न देशका सांस्कृतिक गतिविधि पनि आदान–प्रदान गरिने उनले जानकारी दिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here