फाल्गुनन्द जवान इसाई समाजको नेतृत्व चयन

0
1437

युद्धबहादुर बोहोरा / पाँचथर।

फाल्गुनन्द गाउँपालिकामा फाल्गुनन्द जवान इसाई समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ ।  अधिवेशनले सन्तोष नेपाली अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ ।

समाजका अध्यक्ष सन्तोष नेपालीको अध्यक्षता तथा फाल्गुनन्द इसाई समाजका अध्यक्ष वीरबहादुर चेम्जोङको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा समाजका उपाध्यक्ष गेसन आङ्देम्बे, सचिव सविन रहपाल, कोषाध्यक्ष चन्द्रकुमार नेम्बाङ, सल्लाहकार दीपक नेपाली र प्रकाश नेपालीले नवगठित समितिलाई सफलताको शुभकामना दिएका थिए ।

घुर्बिसे पञ्चमीमा चारआना जग्गामा निर्माण भएको न्यू गोस्पल चर्चको अस्थायी भवनमा भएको अधिवेशनमा नगरपालिकाभित्र रहेका महिला र पुरुष गरी ४० जनाको सहभागिता रहेको चर्चका प्रमुख पाष्टर दीपक नेपालीले जानकारी दिए ।

विभिन्न मण्डीका इसाई धर्म मान्ने मानिसहरु हरेक हप्ताको शनिबार यस चर्चमा उपस्थित भई प्रार्थन र संगतीमा सामेल हुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here