युएईबाट रमेशलाई आर्थिक सहयोग

0
696

रामप्रसाद ढुंगेल / झापा।

वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका अर्जुनधाराबासीहरुले एक मृगौला रोगीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

सेल भाइरलका कारण दुबै मृगौला खराब भएर उपाचारको क्रममा रहेका झापा अर्जुनधारा–९ का रमेश लोहारलाई युएईमा रहेका अर्जुनधाराबासीहरुले आर्थिक सहयोग गरेको सहयोग संकलन अभियानका संयोजक दीपक बस्नेतले जानकारी दिएका छन् ।

विपन्न अवस्थामा रहेका लोहार परिवार उपचारको सिलसिलामा आफ्नो जायजेथा सकेर जीवनको रक्षाका लागि सहयोगको याचना गर्दै ‘रमेश बचाउ अभियान’ स्थानीय तहबाट शुरूवात भएको अवस्थामा अर्जुनधारामा घर भई युएईमा वैदेशिक रोजगारमा गएकाहरुले ३७ हजार तीन सय ६९ नेपाली रुपैयाँ सहयोग गरेको अभियानका सहसंयोजक रहेका झापाली समाज युएई राक क्षेत्रका अध्यक्ष खगेन्द्र बुढाथोकीले बताएका छन् ।

रमेशको स्वास्थ्य उपाचारमा सहयोग हुने र मानवीय सेवाका साथै सामाजिक सद्भाव कायम रहने भनी रोजगारका सिलसिलामा युएईमा कार्यरत् अर्जुनधारा नगरवासीहरूले आफ्नो कर्तव्य तथा दायित्व सम्झी यो अभियान चलाएको अबुधाबीमा रहेका अभियानका सहसंयोजक प्रमोद लुइँटेलले जानकारी दिएका छन् ।

सहयोग संकलनका क्रममा युएई–अर्जुनधारा प्रवासी परिवारको अवधारणा विकास भएको र आफ्नो गाउँ–ठाउँको विकास र सहयोगको लागि सम्बन्धित एरियाका मानिसहरु एकता, सहयोग र सहकार्यको मार्गमा रहनुपर्ने धारणा बिकास भएको अभियानकी सक्रिय सदस्य कमला पाण्डे मैनालीले बताइन् ।

यो सहयोग संकलन अभियानमा झापाली समाज युएई र एनआरएनए युएईमा आवद्ध लगायतको अर्जुनधारावासीहरुको उल्लेख सहभागिता रहेको अभियानका अभियन्ता गोपाल पौडेलले अनुभव सुनाए ।

उक्त रकम सहसंयोजक प्रमोद लुइँटेलकी श्रीमती इन्दिरा लुइँटेल र गोपाल पौडेलका दाजु मोहन पौडेलले रमेशकी दिदी पार्वता (पारु) लोहारलाई हस्तान्तरण गरेको युएईका संयोजक दीपक बस्नेतले जानकारी दिएका छन् । कार्यक्रममा रमेशकी दिदी पारुले परदेशमा बसेर पनि घरदेशको समस्यालाई आफ्नै समस्या सम्झेर सहयोग गर्ने सबै दाताहरुलाई धन्यवाद दिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here