भद्रपुरमा कपडा बैंक

0
484

भद्रपुर।

‘सहयोगको हात बढाऔँ, खुसी बाँड्न सिकाऔँ’ भन्दै भद्रपुरमा कपडा बैंक सञ्चालनमा आएको छ । गरीब तथा अति विपन्न परिवारका समुदायलाई लक्षित गर्दै रोटरी क्लब अफ भद्रपुर र रोट्रयाक्ट क्लब अफ भद्रपुरको संयुक्त पहलमा भद्रपुर– ५ स्थित दुर्गा मन्दिर अगाडि मुख्य बजारमै कपडा बैंक सञ्चालनमा आएको हो । निःशुल्क रूपमा वितरण गरिने कपडा बैंकको बुधबार कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

प्रत्येक बुधबार र शनिबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सञ्चालनमा आउने कपडा बैंकको उद्घाटन रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष टीकाराज ढकाल र ५ नम्बर वडा कार्यालयका वडाध्यक्ष बन्धु कार्कीले गरेका थिए ।

कार्यक्रममा रोटरीका अध्यक्ष ढकालले गरिबी तथा अति विपन्न परिवारका समुदाय अहिले पनि फाटेका, च्यातेका लुगा कपडा लगाउँदै आइरहेकोमा कम्तीमा ती समुदायका सदस्यहरूले अब त्यस्ता लुगाकपडाको साटो संकलित गरिएका राम्रा–राम्रा लुगा छनौट लगाउन् भन्ने उद्देश्यले रोटरीले भद्रपुर बजारमै कपडा बैंक सञ्चालनमा ल्याएको बताए ।

अहिले सामाजिक सञ्जालमा कपडा बैंकको चर्चा व्यापक रहेको बताउँदै वडा अध्यक्ष कार्कीले भने– ‘भद्रपुर बजारमा सञ्चालनमा ल्याएको यस बैंक मार्फत अब गरीब तथा विपन्न समुदायलाई राहत मिल्छ । रकम अभावले लुगाकपडा लगाउन नसकेका समुदायले अब निःशुल्क कपडा पाउन लाग्दा रोटरीको यस उदाहरणीय कार्यप्रति आभारी छु ।’

रोटरी क्लबको सहयोगमा रोट्रयाक्ट क्लब अफ भद्रपुरमा आबद्ध करिब ३० जना युवाको प्रयासमा कपडा बैंक सञ्चालनमा ल्याएको रोट्रयाक्टका अध्यक्ष गिरीश शाक्यले जानकारी दिए । पुराना भए पनि राम्रा लुगा संकलन गरी ल्याएको बताउँदै अध्यक्ष शाक्यले भने– ‘सातामा दुई दिन सञ्चालनमा आउने यो बैंकलाई निरन्तरता दिनेछौं ।’ प्रयोगमा नआउने लुगाकपडा अरूका निम्ति यस बैंकमा ल्याएर यो अभियानलाई सहयोग पु¥याउन रोट्रयाक्टका सदस्य ओम मण्डलले आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here