रोटरीको वृक्षरोपण

५ भाद्र २०७६, बिहीबार मा प्रकाशित

बिर्तामोड।

रोटरी क्लव अफ बिर्तामोडले बिर्तामोड र अर्जुनधारामा फलफूलका बिरुवा रोपको छ ।

बिर्तामोडस्थित अनारमनी पब्लिक क्याम्पसको प्राङ्गगणमा र अर्जुनधारा जलेश्वरधाम परिसरमा रोटरी क्लव बिर्तामोडले फलफूलको बिरुवा रोपेको हो । अनारमनी पब्लिक क्याम्पसका क्याम्पस प्रमुख मोहन शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमकाबीच वृक्षारोपण गरिएको थियो ।

रोटरीका पूर्व अध्यक्ष सुरेश वंशललाई कार्यक्रममाथि प्रकाश पार्दै फलफूलजन्य बिरुवा रोप्दा वातावरणमैत्री हुने र फलफूल समेत खान पाइने बताएका थिए ।

रोटरी क्लव अफ बिर्तामोडकी अध्यक्ष निकिता गिरीको अगुवाईमा फलफूलको बिरुवा रोपिएको थियो । त्यस्तै अर्जुनधारा जलेश्वर धाम परिसरमा पनि फलफूलका बिरुवा रोपिएको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here